‘शताब्दी अघिका कवि र कविता’
यस अघि हामीले सुरु गरेको नेपाली कथाहरूको जरा पहिल्याउने एउटा प्रयास ‘साठी वर्ष अघिका कथाहरू’ श्रंखला प्रस्तुत गरिसकेपछि प्राप्त भएको प्रतिकृया, यहाँहरूले दिनुभएको चासो, माया र हौसलाले थप उत्साहित का साथै थप जिम्मेवारी बोध समेत गराएको छ । थपिएको उर्जा र जिम्मेवारी बोधलाई अझ सार्थक बनाउने हेतुले आजबाट अर्को नयाँ खोजमूलक श्रंखला ‘शताब्दी अघिका कवि र कविता’ को सुरुवात गरेका छौं । ‘सताब्दी अघिका कवि र कविता’ श्रंखलामा खासगरी एकसय वर्ष पुराना कविहरू जो त्यस समयमा साहित्यको मूलधारमा रहनुभएका साहित्यकारहरू बाहेकका त्यस समयका समकालीन, कम पढिएका र ओजेलमा परेका साहित्यकारहरूको रचनालाई प्राथमिकता दिएर प्रस्तुत गर्ने जमर्को गरेका छौँ । यस अघि हामीले जनाएको प्रतिबद्धता अनुसार पुराना लेखकहरूको सिर्जनालाई खोजी गर्ने र नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने कोशिस निरन्तर रहने छ । साहित्य सिर्जनामा अग्रज, समकालीन र नवोदित साहित्यकारहरूबीच सम्बन्ध सेतुको रुपमा उभिने उद्घोष लाई अझ प्रभावकारी बनाउदै लैजाने छौं । यसले समकालीन साहित्य पढ्ने, साहित्य अनुसन्धान गर्ने साथै साहित्य सिर्जना गर्ने साहित्यकारहरूमा अग्रज साहित्यकारका सिर्जनाहरूसँग जोडिने माध्यमको अभावलाई केही हदसम्म कम गर्ने छ भन्ने हाम्रो अपेक्षा रहेको छ ।