हाम्रो बारे

शब्द सोपान बारे

कतिपय साहित्यहरू लेखिन्छन् र त्यत्तिकै फालिन्छन्, कति साहित्य लेखक आफैंमा सीमित हुन्छ भने कति पाठकमाझ पुग्छन् । लेखिएको सिर्जना पाठकमाझ पुग्‍नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो,  रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईंहरुका सिर्जनालाई पाठक समक्ष पुर्‍याउने र  सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठकबिचको सम्बन्ध सेतुका रुपमा उभिने लक्षकासाथ तपाईहरुमाझ प्रस्तुत भएको छ।

साहित्य लेखन र पठन संस्कृति बृद्धि, एवं डिजिटल माध्यमहरुबाट साहित्य पढ्ने जमात पनि बढिरहेको छ । यस कुरालाई  मध्यनजर गर्दै अग्रज साहित्यकारहरुको सम्मान, समकालिनहरूसंग हातेमालो र नवोदित लेखकहरूलाई हौसला प्रदान गर्ने तथा साहित्यका सबैखाले विद्याहरूलाई समेटेर नेपाली र अंग्रेजी दुवै माध्यममा साहित्य सामग्रीहरू प्रकाशन गर्ने हाम्रो चेष्टा रहेको छ । साहित्यलेखन र पठनमा रुचि रख्‍नुहुने महानुभावहरुलाई छिटो, सुलभ र मितब्ययी साहित्य सेवा प्रदान गर्न हामी अत्यन्तै उत्साहित र आशाबादी छौँ।

देशको संविधान र कानूनको अधिनस्थ रहि राष्ट्रको शान्ति सुरक्षा, सामाजिक मुल्य मान्यता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र व्यक्तिगत चरित्रमा खलल पुग्‍ने खालका साथै कुनै पनि राजनैतिक विचारधाराको समर्थन वा विरोध गर्ने किसिमका सामाग्री प्रकाशित नगर्ने हाम्रो प्रतिबद्धता सदैब रहनेछ । साहित्य, कला र संस्कृतिको जगेर्ना र कुशलतम प्रस्तुती नै हाम्रो मुल उदेश्य रहेको छ । विशुद्ध साहित्यिक जमर्कोका रुपमा शब्दसोपान डट कमले आगामी दिनहरुमा तपाईहरुबाट पर्याप्त माया, हौसला र सहयोग प्राप्त गर्नेछ भन्ने आशा राख्दछौँ।


हाम्रो बारे


सम्पादन समूह

पर्बत लावती
प्रधान सम्पादक

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका लावती अङ्ग्रेजी र नेपाली दुबै भाषामा कलम चलाउछन् । विशेष गरी कविता र कथा लेखनमा सक्रिय लावती अनुवादमा पनि कलम उत्तिकै दख्खल राख्छन् । उनका सिर्जनाहरु नेपालका प्रमुख राष्ट्रिय दैनिक साथै अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा समेत प्रकाशित भइसकेका छन्। लावती बाजा नामक एक लोक-साङ्गितिक समुहमा पनि आबद्ध छन्।

सरिता तामाङ्ग
सम्पादक

सरिता तामाङ्ग इलाम जिल्लामा जन्मिएकी हुन् । स्कुले जीवनदेखि नै कथा गजल, मुक्तक र कवितामा कलम चलाइरहेकी तामाङ्ग पछिल्लो समय अनुवादमा पनि सक्रिय छिन् । उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छिन् ।

 

एलिना छन्तेल
कला सम्पादक
एलिना छन्तेल एक दृश्य कलाकार हुन्। दैनिक जिवनका भोगाइहरुबाट प्रभावित हुनु भएकी छन्तेल, गहन खोज र नवीन प्रयोगहरु गर्दै दृश्य कलाका विभिन्न माध्यमहरु मार्फत आफ्ना दृश्य कथाहरु सिर्जना गर्न रुचाउछिन्। सन् २०१८ मा मेरा पब्लिकेसन्सको डेयरिङ टु ड्रिम नामक प्रोजेक्टमा पहिलोपल्ट काम सुरू गरेकी उनले उक्त प्रोजेक्टबाट नै आफूलाई दृश्य कथाकार बन्ने सपनालाई पछ्याउन हौसला मिलेको बताउछिन् ।

संयोजकहरु


प्रदेश नं ७: दीपक विक

सुर्खेतका दीपक विक आफ्ना रचनामा सिमान्तकृत वर्गको आवाज लेख्न रुचाउँछन् । उनी Nepal Spiritual Knowledge Olympiad 2020का विजेता हुन् ।

 

 

 

प्रदेश नं १ः प्रदिप योङ्हाङ लिम्बु

मोरङ जिल्लामा जन्मिएका प्रदिप योङ्हाङ लिम्बु समकालीन नेपाली साहित्यका एक सशक्त कविको रुपमा चिनिन्छन्। हाल योङ्हाङको संयुक्त कृति उज्यालोका मालिहरु, २०७६ प्रकाशित भइसकेको छ भने फुट्कर कविताहरु विभिन्न पत्रपत्रिकाहरु मार्फत प्रकाशित भएका छन् ।

 

 

जापान संयोजक: गंगा गगन

पाँचथर जिल्लामा जन्मिएर जापानलाई कर्मथलो बनाएका कवि तथा नाटककार गंगा गगन विगत डेढ दशकदेखी नेपाली साहित्य लेखनमा सक्रिय छन् । हालसम्म उनका बाल गजल संग्रह मेरो सानो साथी, २०६४ र उनले सम्पादन गरेका मेचिकाली साहित्यिक हवाई पत्रिका-२०६२/६३ प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकाहरुमा उनका फुट्कर कथा कविता गजल हाईकु रुबाईयातहरु पनि प्रकाशित भइसकेका छ्न् ।

 

 

कतार संयोजकः ज्ञानेन्द्र रसाइली

इलाम जिल्लामा जन्मिएर वैदेशिक रोजगारीको सिलसिलामा विगत ५ वर्षदेखि कतारमा रहेका ज्ञानेन्द्र रसाइली एक नाट्यकर्मी हुन् । स्थानीय स्तरमा वि.सं. २०५७ सालबाट मंच नाटकको कथा लेखन तथा अभिनयबाट नाट्यकर्म शुरु गर्दै पछि चेतना नाट्य समुह, इलाममा आवद्ध रहेर ३०० भन्दा धेरै सडक, कचहरी, रेडियो, मञ्च नाटकमा कलाकार, लेखन एवम् निर्देशनको भुमिका निर्वाह गर्दै केही छोटा चलचित्रमा समेत अभिनय गरेका छन् । विशेषगरी सामाजिकरुपमा देखिएका हरेक प्रकारका विभेद विरुद्ध सामाजिक चेतना जगाउने उद्देश्यले नाटकहरु लेख्ने गरेका छन् भने विदेशमा रहेर पनि आफु संलग्न संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा छोटा प्रकारका सचेतनामुलक नाटक प्रदर्शन गर्दछन् । नाटक बाहेक फुटकर रुपमा कथा, कविता, रुबाईमा पनि कलम चलाउँछन् ।

सल्लाहकारहरु


 
शरद प्रधान

पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।

 

डा. देवी क्षेत्री दुलाल

 

राजनीतिशास्त्र (नेपाली प्रेसमा राजनीतिक प्रभाव) मा विद्यावारिधी गरेका दुलाल – चार खोल साप्ताहिक, इलाम (२०५४), अपरेसन साप्ताहिक, पाँचथर (२०५६) , आँखा साप्ताहिक, इलाम (२०५९ देखि २०६४ सम्म), आँखा द्वैमासिककाे सम्पादककाे रुपमा काम गरिसकेका छन् । नेपाल विद्याभूषण, नेपाल सरकार (क) २०६७ क्षेत्रीय प्रतिभा पुरस्कार, नेपाल सरकार (२०७२), बुद्धि घिमिरे वाङ्मय पुरस्कार (२०७३), यमुनादेवी वैजनाथ भट्टराई पत्रकारिता पुरस्कार (२०७४) लगायतका पुरस्कारबाट संम्मानित दुलालका साहस, नाटक (२०५१) , सेतो परेवा, एकाङ्की संग्रह (२०५५) , रङ्गधोजी, उपन्यास (२०६०), विकासको जरा इलाम (२०६६), नेपाली छापामा राजनीतिक प्रभाव (२०६७) लगायत दजनाैँ कृतिहरु प्रकाशन भइसकेका छन् ।

 

केशव सिग्देल

नेपाली साहित्यका उज्वल नक्षत्र साहित्यकार केशव सिग्देलका समय विघटन (२०६४) र कलर अफ द सन(घामको रङ्ग, २०७३) कविता सङ्ग्रह प्रकाशति छन् । यसका अलावा उनीनिबन्ध, नाटक, समालोचना र अनुवाद कार्यमा पनि क्रियाशिल छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपालका मातृभाषाका कविताहरु को अङ्ग्रेजी अनुवाद सेड्स अफ कलर्स (२०७७) उनको पछिल्लो अनुवाद कृति हो । एन एन्थोलोजी अफ कन्टेम्पोरेरी नेपाली पोयट्रीको सम्पादन गरेका उनले अफ नेप्लीजक्ले, रुपान्तरण,प्लानेटरियट र देवकोटा अध्ययन लगायतका पत्रिकाको पनि सम्पादन गरेका छन् । उनि लम्बिया स्थित वल्र्ड पोयट्री मुभमेन्टका अन्तराष्ट्रिय समितिका सदस्य समेत छन् । हाल त्रिभुवन विश्वविद्यालयको अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापनरत सिग्देलले युवावर्ष मोती पुरस्कार (२०७५), नाजिनमान क्रियटिभिटि अवार्ड (लेबनान, २०७७), रक पेबल्स साहित्य पुरस्कार(भारत, २०७४) र कलाश्री सृजना पुरस्कार (२०७२) लगायतका पुरस्कारहरु प्राप्त गरेका छन् ।

 

अप्सरा लावती
कवि तथा आख्यानकार अप्सरा लावती लिम्बू विगत अढाई दशकदेखी चुपचाप नेपाली साहित्य लेखनमा सक्रिय छिन्। लावतीका हालसम्म आमाको चाहना, २०५७ र लोजिमा, २०६३ गरि दुई उपन्यास प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकाहरुमा फुट्कर कथा साथै कविताहरु पनि प्रकाशित भइसकेका छ्न्। कथा र कविता लेखनमा पनि उत्तिकै सक्रिय लावती हाल याक्थुङ लेखक संघको केन्द्रिय उपाध्यक्ष समेत रहेकी छिन्।

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?