किराती दन्त्यकथा
लाङ्सोदिङ भन्ने कुनै किरात देशमी एक दम्पति थिए । लोग्नेको नाम खेसेवा थियो भने स्वास्नूको नामचाहिँ मेन्दाङ्ना थियो । उनीहरू ओढारमी बस्दथे । उनीहरू जङ्गलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलीउँथे । उनीहरू सिस्नको मुन्टी पनि पकाई खान्थे ।
एक दिन उनीहरूको एउटा छोरो जन्मियो । छोराको नाम सेल्लोक राखियो । छोरो जन्मेकाले खेसेवा र मेन्दाङ्ना साह्रै खुसी थिए । छोरो जन्मेपछि उनीहरू जहाँ गए पनि नाच्दै गाउँदै हिँड्ने गर्दथे । एक दिन दुवै जना दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न जङ्गलमा गए । उनीहरूले आफ्नो छोरालाई ओढारमा नै छोडेर गएका थिए । बालक सेल्लोक त्यस बेला वामे सर्न थालेको थियो । आमाबाबु जङ्गलमा गएकोले उसलाई हेर्ने कोही भएन । ऊ वामे सर्दैलसिस्नुको झ्याङमा पुग्यो र उसलाई सिस्नुले पोल्यो। उसको शरूरभरि फोकाहरू उठे । ऊ रून -कराउन थाल्यो । बेलुका आमाबाबु जङ्गलबाट फर्के र छोरीको त्यस्तो हालत देखेर उनीहरूले भ्याकुर घोटी छोराको शरीरमा दलिदिएर छोरालाई निको पारे ।
केही दिनपछि फेरि ती लोग्ने – स्वास्नी जङ्गलमा दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न गए । उनीहरू त्यस चोटि चाहिँ ओढारमा किला ठोकू त्यसमा आफ्नो छोरालाई बाँधी जङ्गल गएका थिए । यसरी आफ्ना आमाबाबु जङ्गलमा गएपछि त्यहाँ ओढारमा एउटा सर्प आई बालक सेल्लोकलाई डस्यो । बेलुकी आमाबाबु आउँदा उनीहरूले आफ्नो छोराको शरीर सुनिएको पाउनुका साथै उ मरणीसन्न अवस्थामा पुगेको पाए । दुवै जना रोए – कराए तर सेल्लोकलाई बचाउने उपाय देखेनन् । छोरालाई पक्कै पनि सर्पले डसेको ठानी उनीहरूले पानको पात जस्तो ठूलो चिल्लो पात हुने बुटी (दर्सनी ) घोटेर सर्पले टोकेको ठाउँमा लगाईदिए । एक छिनपछि सर्पको सम्पूर्ण विष निस्कियो र बालक सेल्लोक बौरिन थाल्यो ।
बालक सेल्लोक बाँच्नलाई त बाँच्यो तर उसको दिमाग भने सर्पको जस्तो भयो । ऊ भीर, रबख, ढाँड, आदि जस्ता ठाउँमा गई लुक्न थाल्यो । हुँदाहुँदा एक दिन बालक सेल्लोक सदाका निम्ति आमाबुवालाई छोडेर गयो ।
यसरी आफ्नो छोरो हराएकोले उसका आमाबुवाले उसलाई चारैतिर खोजे तर कहीँ पनि भेटाएनन् । आमा मेन्दाङ्नाले सेल्लोक सेल्लोक भन्दै कराउँदै जङ्गल, पाखा, भीर, पहरा, खोला चारैतिर चाहरिन् तर आफ्नो छोरालाई कहीँ पनि भेटाउन सकिनन् । अर्को जन्ममा उनी न्याहुली चरी भई जन्मिन् । आज पनि न्याहुली चरी वनमा सेल्लोक सेल्लोक भनी कराउँछिन् । खेसेवा पनि आफ्नो छोरालाई खोज्दाखोज्दै मरे र अर्को जन्ममा चरा भएर जन्मे । आज पनि त्यो चरा कहाँ छस् ? भन्दै जङ्गलमा कराउँछ र त्यसले आफ्नै छोरालाई खोजी हिँडेको हो भनी लिम्बु बूढापाकाहरू भन्छन् । किराती दन्त्यकथा
सङ्कलक : शिवकुमार श्रेष्ठ
लेखक परिचय
इतिहासमा स्नातकोत्तर गरेका श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन्। श्रेष्ठ किरात याक्थुङ्ग केन्द्रीय कार्यसमितिको मानार्थ सदस्यता समेत प्राप्त गरेका छन्।