सायद घाम पनि सदियौँदेखि उहीँ उदाउने र अस्ताउने क्रमले हुन सक्छ थाकेर कौशिला दिदीकाे बुइ चढेर यात्रा गर्न थालेको थियोे । सायद जून पनि सदियौँदेखिको निन्द्रा खप्न नसकेर दिदीकाे गाेदमा आएर सुत्न थालेको थियाे । नत्र होइन भने किन दिदीकाे शरीर यति बिध्न बाेधाे भएको छ । होइन भने दिदीलाई किन यत्रो ठसठसी ? आज भाेलि दिदीकाे शरीरबाट छरितोपन गायब भएको छ। दिदीकाे छायालाई त नियालेर हेर्न नरुचाउने समाजले के वास्ता गर्थ्याे र दिदीमा अाएकाे शारीरिक परिवर्तनलाई फेरि सधैँ हिउँदाे बर्खा भ्याङलाे म्याक्सि लगाएर हिड्थिन् त्यसैले पनि उनमा आएकाे परिवर्तनलाई सहजै देख्ने कुरा पनि थिएन । उनले आफूमा आएकाे परिवर्तन चुपचाप भाेगि मात्रै रहिन । उनकाे सुस्त मष्तिषकले आफूमा आएकाे परिवर्तनकाे विषयमा फराकिलो तबरले साेच्न सक्ने पनि कुरै भएन ।
कुनै हिउँदकाे रात दिदी भुईँतलामा सुतिरहेकी थिइन । सुत्नु त के भन्नु र यसाे ढल्किरहेकी थिइन ।कुकुरहरू एक तमासले भुकिरहेको थिए । कुकुरहरूकाे भुकाइले दिदीलाई झर्काे लागिरहेको थियोे । जुनकिरीहरू रातमा बल्नुभन्दा पनि धेरै निब्थे । सधैँका रातहरूभन्दा अाजकाे रात दिदीलाई कष्टप्रद प्रतीत भैइरहेको थियोे । हुन त दिदीले केही समय यता रात मात्रै होइन दिन पनि असजिलो महसुस गर्न थालेकी थिइन ।
रात छिपिन्दै थियो झन निख्खर कालो हुँदै थियो । आज एउटा होइन दुईदुई वटा जून अाएर दिदीकाे गाेदमा बसेझैँ दिदीले छट्पटी र पिडा महसुस गरिन्। रात जति छिपिन्थ्याे जाडो उति नै बडेकाे अनुभव गर्थिन भने पिडा दाेब्बर बढेको भान हुन्थ्यो । दिदीकाे पेट असाध्यै दुख्न थाल्यो । असह्य भई जुरुक्क उठेर दुबै हातले पेट थिचेर दाेब्रिन् यसाे गर्दा केही राहत महसुस गरिन । दिदीकाे कम्मरमुनिकाे भाग निथ्रुक भिजिसकेकाे थियो भने कम्मरमा चुडिएर शरीर दुई टुक्रा भएको जस्तो दुखाइ महसुस गरिन । दिदीकाे शरीर थरथर काम्न थाल्याे श्वास प्रश्वास राेकिएलाझैँ भयो । तर पनि दिदीले सङ्घर्ष गर्न छाडिनन् घरि उठ्थिन् घरि बस्थिन घरि उता जान्छिन् घरि यता अाउँछिन् । श्वास मुटुमै गाठो परेजस्तो भयो । फनननननन… पृथ्वी घुमेजस्तो भएर दिदी बेहाेश भएर ढलिन त्यसपछि दिदीकाे पृथ्वी टक्क राेकियाे ।
छाेरा कि छाेरी हाे ?
– छाेरी हाे
-होइन छाेरा हाे
– होइन छाेरी हाे
– उचालेर हेर त के हाे !
– ए ,ए छाेरा नै रहेछ
– हेर्दा मात्रै यस्ति रहेछिन् बेश्या पाे रैछिन त
– राण्डले आइमाईकाे नाकै काटिन ।
दिदीले सपनामा जस्तो कता हाे कता मान्छेहरू बाेलेकाे सुनिन तर कता हाे भन्ने कुरा ठ्याक्कै ठम्याउन भने सकिनन् । खुट्टाकाे बुढि अम्ठा चलाइन चल्यो । अनुभव गरिनन् मुटु धड्किरहेकै थियो । जिउ बिस्तारै हल्लाइन हल्याे । अनि साेचिन् मेरो गाेदमा आएर बास बसेकाे एक जाेडी जून अघि ब्युँझिएर गई सके छन् ।
– च्याँसी
– अाेइ च्याँसी
चर्काे स्वारले दिदीकाे एकाग्राता ताेडियाे ।दिदीले बिस्तारै अाँखाहरू खाेलेर हेरिन बाेलाउने बैदार्नी काकी रहेछिन् । मान्छेहरूकाे बाक्लो उपस्थिति थियोे । किन र के कारण उनी अजमस्यमा परिन । पर अँध्यारो कुनाबाट कुनै अाइमाई राेइरहेको आवाज आइरहेको थियोे ।
“हुँ..हुँ.. याे अलछीले हाम्रो नाकै काट्याे थुक्का ”
स्वारलाई बिचारिन आमा पाे रैछिन् । दिदीकाे मन कस्तो खल्लाे भयाे ।
– ‘ला घिच्’ , भाउजुले एक बाेटुका सुप ल्याएर राखि दिइन् । दिदीले सबैलाई जिज्ञासु नजरले हेर्दै बिस्तारी बाेटुका उठाएर सुप पिइन। अमिलो थियो । गुन्द्रुककाे रहेछ ।तरै पनि स्वादिष्ट मानेर पिइन् । दिदीकाे छेउमा बसिरहेकी किलिण्डर्नि फुपु खाेइ किन हाे बर्रर अाँसु खसालेर राेइन ।
‘चियार ..चियार….’
एउटा तिखो स्वारले वातावरण नै तरङगित पार्याे । दिदीले झण्डै तर्सिएकाे भाबमा हेरिन जहाँ एउटा नबजात शिशु चलमलाइरहेको थियो ।
भाेलिपल्ट चैतकाे डडेलाेसरि च्याँसीले बतासे नानी जन्माएको हल्ला सारा गाउँटाेलभरि फैलियो । मान्छेहरूले अाश्चर्य मान्दै मिश्रृत प्रतिक्रिया दिए । कसैले दिदीलाई उस्तो देखे कसैले दिदीलाई यस्तो अबस्थामा पुर्याउने पुरुषलाई उस्तो देखे ।नानीकाे बाउ पत्ता लगाउन अनुसन्धान गरियो तर पता लगाउन सकिएन । मान्छेहरूले पाएकाे कुरा न थियोे । खुब कुरा काटे नानाभाती कहानी बनाए । मान्छेहरूलाई फुर्सद साट्ने गतिलाे बाहाना मिलेकाे थियोे ।
आजभन्दा करिब चार दशक अघि कौशिला दिदी एक मध्यम बर्गिय ब्राह्मण परिवारमा जन्मिएकी हुन् । सन्तान क्रमनुसार दिदी तेस्री सन्तान हुन् । उनीमाथि एक दिदी र एक दाजु छन् भने उनीमुनि एक भाइ र बहिनी छन् । यदि मान्छे भगवानकाे रचना हो भने सायद दिदीलाई रचना गर्दा भगवानलाई अल्छी लागेको हुनुपर्छ वा क्राेधमा भएको हुनुपर्छ होइन भने सृष्टिकर्ताले किन यति बेमतलब र लापरबाही तबरले रचना गर्याे त ? दिदीकाे मुन्टाे अस्वाभाविक बाङ्गाे थियो । हात खुट्टाहरू लामालामा र बाङ्गा टिङ्गा थिए भने बाेलि पनि अस्वाभाविक सुन्दा जाे पहिलो पल्ट सुन्नेहरू नहाँसेकाे हाेस् । दिदी शारीरिक रुपमा मात्रै नभइ मानसिक रुपमा पनि दुर्बल थिइन । यति नै कारण र कमजोरीहरू दिदीलाई समाजमा घृणित र उपेक्षित बन्न पर्याप्त थियोे ।
समाजमा त दिदी खिसीकाे पात्र थिइन । तर परिवारमा पनि उनी प्रिय बन्न सकिन्न । दिदीकाे वास्तविक नाम कौशिला भए पनि सबैले दिदीलाई “च्याँसी” भनेर सम्बाेधन गर्थे ।कौशिला भनियो भने ती गाउँकाहरुले नचिन्न सक्छ तर च्याँसी भनियो भने सात गाउँकाहरूले पनि चिन्छन् । केटाकेटीहरू एक अर्कोलाई हाेच्याँनु पर्याे भने च्याँसी , च्याँसीकाे बुढा भनेर आराेपित गर्थे । दिदीलाई ती केटाकेटीहरूसँग रिस नउठ्ने होइन तर अभिभावकहरूका डरले गर्दा रिसलाई काबुमा राख्थिन । याे दिदीकाे निर्बिकल्प बिकल्प थियो ।
कौशिला दिदीलाई आफ्ना भाइ बहिनीहरू किताब बाेकेर पाठशाला गएको देख्दा आफूलाई पाठशाला जान रहर नलाग्ने होइन तर दिदीका अभिभावकहरूले कहिले पनि साेच्न सकेनन् कि अपाङ्गता भएकाहरुलाई पनि उचित वातावरण उपलब्ध गराए झमक घिमिरे , स्टेफेन हकिङ, बियाेग सापकोटा र सुजल बमजस्ता बन्न पनि सक्छन् भनेर (साेच्न सक्नु नै भएन यात चासो नै दिनु भएन )त्यसैले त कौशिला दिदी मात्रै च्याँसी भएर समाजमा उपेक्षित भएर बाच्न बिबश भइन ।
काैशिला दिदी सधैँका दिनहरूजस्तै घाँस काट्न नर्सरी गएकी थिइन ।उताबाट एक अल्लारे हातमा रुमाल हल्लाउँदै अाईरहेको थियोे । त्यो पुरुष दिदीले त्यसअघि कहिले देखेकी थिइनन् । छेउमा अायाे र मखमली स्वारमा साेध्याे
– बहिनी के गर्नु भएको ? पुरुषकाे स्वारमा मिठास त छदै थियो तर उतिकै सम्मान भाब पनि थियोे ।
– घाँस काटेको , दिदीले अाफ्नै प्रकारको स्वारमा जबाफ दिइन् ।
– म पनि तपाईँलाई घाँस काट्न सघाउँ ?
दिदी लाजले राताे भइन । अझैसम्म दिदीलाई कसैले पनि यति हार्दिकता पुरूण सम्बाेधन गरेको थिएन ।
– खै म सघाउँछु
त्यो पुरुष एकदम अघि सर्याे । त्याे पुरुषकाे शरीरबाट कडा अत्तरकाे बास्ना अाइरहेको थियो । दिदीले त्यो बास्नालाई लामाे स्वास तानेर फाेक्सोभित्र भरिन त्यो पुरुषले पकेटबाट चकलेट र बिस्कुटकाे पुरिया झिकेर दिदीलाई दियो । दिदीलाई पहिलो पल्ट थियो कसैले यति धेरै मिठा खाने कुरा दिएको । दिदी भित्र भित्रै हर्षित भइन जसकाे प्रष्ट रेखाहरु अनुहार भरि दौडिरहेको थियो । यसरी त्यो अपरिचित पुरुषले दिदीकाे लाज एक पुरीया बिस्कुट र मिठाइमा साटेर गयो । त्यस यता त्यो पुरुष कहिले पनि देखा परेन ।
अब त दिदी पनि आमा बनेकी हप्ता दिन भैसकेकाे थियो । दिदीमा मातृत्व प्रबल भैसकेको थियो । अरुले जेजे भने पनि दिदीकाे सुषुप्त माष्तिकले जीवनमा केही महत्त्वपूर्ण बस्तु प्राप्त गरेको झैँ र बल्ल जिउनुकाे सार्थकता भेटाएकाे झैँ महसुस गर्न थालेकाे थिइन ।
– काैशिला छाेरी,
आमा ताताे खाना र सुप लिएर उपस्थित थिइन । आमाले छेउमा खाना र सुप राखिदिँदै मायालु स्वारमा भनिन् – जे भने पनि तँ मेरो मुटुको टुक्रा हाेस् ।
आमाकाे परिवर्तीत रुप देखेर दिदी छक्क परिन आजसम्म दिदीले अामाकाे यति मायालु व्यवहार कहिले देखेकी थिइनन् । आमा न हुन मन फर्किएछ । यस्तै साेच्दै दिदीले खुसी हुँदै सुप र खाना खाइन । नानि तिर नजर लगाउदै आमा लाडिएर बाेलिन
-नाक त थेप्चाे छ त कालुकाे बुबा मतवालि पाे हाे कि क्या हाे ?। नानि पुर्वत अबस्थामा चलमलाइ रहेको थियोे ।
– काैशिला हेर्न छाेरि , टाउको मुसार्दै आमा बाेलिन
– पाँच छ दिन भैसक्यो गाई बस्तु भाेकै छ घाँस एक तेन्द्राे छैन । घाँस काट्न जान ल । पुन: बिनम्र हुँदै बाेलिन्- फेरि यहाँ होइन नि माथि कुइने टार जा है ।
दिदीले गाँस निल्दै टाउको हल्लाएर हुन्छ काे सकेँत गरिन् ।
दिदी डाेकाे नाम्लो र हसिया बाेकेर माथि चार घण्टा टाढाको दूरीमा रहेको कुइने टारकाे जङ्गलमा घाँस काट्न जान तयार भइन् । जाने बेला दिदीले नानीलाई दूध चुसाइन र लामो चुम्बन गरिन । अनि लागिन् पूर्वत नित्यकर्मा सुत्केरी शरीर लिएर ।
पश्चिमी क्षितिजमाथि बसेर घाम दिदीलाई बिरसिलाे पाराले हेर्दै बिदा मागिरहेझैँ देखिन्थ्यो । चराहरू आ -आफ्नाे बास फर्किने तयारीमा थिए । दिदीकाे स्तन च्वासच्वास दुखिरहेको थियो । सायद गानिएर हाे कि ? दिदी जिन्दगीजस्तै गरुङ्गाे घाँसकाे भारी बाेकेर अाेरालैअाेरालाे झरिन् । सामान्य अबस्थामा पनि चार घण्टाकाे पैदल यात्रा पछि मात्रै घर पुगिन्छ । आमाले नजिकै मगर खाेलाकाे नर्सरी छाडेर किन यति टाढा घाँस काट्न पठाइन हाेला ? दिदीले यस्तै साेच्दैसाेच्दै बाटो लखेटिरहिन् ।
दिदी घर पुग्दै साझ बति बलिसकेकाे थियो । कुखुराहरू खाेरमा पसिसकेकाे थियो । छिछिमिराहरूले साझकाे काेरस गाउन थालिसकेकाे थियोे । जब दिदी हतपत भारी बिसाएर नानी सुताइरहेको ठाउँमा पुग्छिन् र निधारमा माेइ खान्छिन् नानीले कुनै प्रतित्रिया जनाउँदैन । हतनपत स्तन झिकेर मुखमा राखिदिन्छिन् तर फेरि पनि नानीले कुनै प्रतिक्रिया जनाएन । नानीलाई हातमा उठाएर झक झकाउछिन तर फेरि पनि नानीले कुनै प्रतिक्रिया जनाएन । त्यस पछि दिदी अातिएर चिच्याँउछिन्- आमा …..आमा…..हे र्नुन नानीले त……!
आमाले नानीलाई परबाटै अलक्कै नियाल्दै भन्छिन्
– ला च्याँसी नानी त मरेछ ।
दिदीकाे अाँखाबाट एकै पटक सेती र काशीकाे मूल फुट्छ । दिदी नानीकाे लासलाई कसिलाेगरि अङ्गालाेमा बेरेर रुन्छिन् त्यसपछि मात्रै बल्ल दिदीले त्यति टाडा घाँस काट्न पठाउनुकाे रहस्य थाहा पाउँछिन ।
-नरु च्याँसी तेरो कर्म यस्तै रैछ ।
यति भनेर आमा उतापट्टि फर्कइन उज्यालो मुस्कुराउँछिन् ।
लेखक परिचय
मिक्लाजुङ, मोरङका गगन योक्पाङ्देन मूलत: कथा लेखन रुचाउँछन् ।