(थिओडर रोथ्के(सन् १९०८-१९६३) अमेरिकन कवि थिए । आफ्नो समयको कविहरूमध्ये निकै पूर्ण मानिन्ने रोथ्केले द वेकिङ(कविता सङ्ग्रह)को लागि सन् १९५४मा पुलिट्जर पुरस्कार पनि पाएका थिए । रोथ्के कविता विधाको समान्नित प्रध्यापक थिए । उनले वासिङ्टन विश्वविद्यालयमा १५ वर्ष प्रध्यापन गरे । )
एउटा प्वाख चरा हो एउटा
म भन्छु ; एउटा रूख, जङ्गल एउटा ।
उनको मधुरो आवाजमा मैले सुनेँ
कुनै पनि मान्छेले सुन्न हुनेभन्दा बढी कुरा;
र त्यसैले म छुट्टै उभिए
आफ्नै हृदयमा लुकेर ।
तर पनि म त्यता घुमेँ
जता त्यो आवाज गयो, चराजस्तै,
जसको पातलो गीत हावामा लहरायो,
झन झन पातलिएको, तर पनि सुनिन नछाडेको :
खुला आवाजसँग म बसेँ
माथि र तल जमीनमा ।
त्यो कल्पना-छवि मले नै रोजेथेँ,
त्यो लजालु गाडा नीलो चरा;
उसले आफ्नै सुरिलो आवाजमा गायो,
र मैले नै सुनेँ एउटा महीन आवाजले
जवाफ दिएको;
मैले नै सुनेँ; खालि मैले मात्रै
चाहनाले कानलाई विभोर गराउँछ :
चरा, केटो र दोछाया जस्तो रूख,
पृथ्वी र ठोस वातावरण-
तिनको सुस्त गाना मभित्र गुन्जियो;
लामो दिन धुकधुकिँदै बित्यो
बर्खाको कुनै एक दिनजस्तै ।
(अनुवादक: चैतन्यकृष्ण उपाध्याय, साभार: केही आधुनिक कविता(यूरोप-अमेरिका) )