(उपन्यासकार तथा लाईब्रेरिअन फिलिप अर्थर लार्किन ईँग्लिश कवि थिए ।)
कहिलेकाहीँ तिमी सुन्छौ कुन्नि कसले भनेको
अन्तिम शब्दको रूपमा :
“उसले सबै थोक त्यसै छोडिदियो
र हिँडिदियो कुन्नि कतातिर”
र यस्तो आवाजमा जहिले पनि सुनिन्छ
तिमीले यो अति साहसिलो, चोख्याउने
आधारभूत प्रस्थानलाई आफ्नो स्वीकृति
दिएको निश्चय ।
मलाई लाग्छ ती ठीक हुन् पनि ।
हामी सबैलाई घरदेखि घृणा लाग्छ,
र त्यहीँ बस्नु परेकोले
म आफ्नो कोठालाई घृणा गर्छु
यसको जतनसँग रोजिएको खत्रयाक्-खुत्रुक्लाई,
राम्रा किताबहरू, राम्रो ओछ्यान
र सुनियोजित मेरो जीवन :
त्यसैले यस्तो भनेको सुन्नु :
“सारा हूललाई छोडी ऊ हिँडिदियो”
यसले मेरो अनुहार रातो गराउँछ र मन चञ्चल,
“अनि उसले आफ्नो लुगा फुकाली”
वा “ला ! तेरिमा बजिया”
तेरिमा बजिया” ले जस्तै;
हैन उसले सकेपछि म पनि किन सक्दिनँ र
र यसले मलाई शान्त गराउछ
लगनशील बनाउन सघाउ छ
तर आजै म हिँडिदिऊँ,
ल, गिर्खा छरिएका सडक फूर्ति गर्छन् ,
जहाजको एक कुनामा चुमुक्क बस्नु
अनेक असल कुराहरूको ठुटा सँगाली,
यति अस्वाभाविक नभएको
यो जानाजानीको गतिपछिल्तिरको गठ
एउटा वस्तुको सिर्जना गर्न :
किताब; चीनियाँ भाँडा; एअ जीवन
पटक्कै खोट लाउन नमिल्ने अद्वितीय ।
(अनुवादक: चैतन्यकृष्ण उपाध्याय । साभार: केही आधुनिक कविता(यूरोप- अमेरिका), नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०३० )