(कार्ल एमिल स्टिन ब्वाइसन (सन् १८९७-१९७९) नर्वेजियन कवि थिए ।)
डरले थरहरिएको चन्द्रमा हतारिँदै बादलका माझ कुदेको झलक ।
अनि राती पालो पर्ने नर्सले उसलाई हेर्दा थाहा पाई ऊ चिसो
भएको रहेछ।
बोधो मस्तिष्कमा स्ट्रेचरका पाङ्ग्राको आवाज घन्कियो।
एक छिन मौनता ।-बिहानको घाम त्यो चौकोसे ठाउँमा
जहाँको ओछयान सरिएथ्यो।
भूइमा फुटेको घडीको ऐना,
मालिक नभएको एउटा सिने पत्रिका एकातिर फ्याँकिएको,
र मर्फिनको नशा लागेको एउटा मन्द आवाज सोध्छ : त्यो को
पो हँ ?”-
सबै निदाइरहेको बेलामा मर्ने त्यो सिपाही थियो ।
(अनुवादक: चैतन्यकृष्ण उपाध्याय । साभार: केही आधुनिक कविता(यूरोप- अमेरिका), नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०३० )