• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ बाल साहित्य

बालकथा : बिचरो कौवा

■ हरिप्रसाद भण्डारी
चैत्र १४, २०७७
151 2
A A
बालकथा

बालकथा

93
SHARES
463
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

बालकथा

जङ्गलको बीचमा एउटा रूख थियो । रूखको हाँगामा कौवाको गुँड थियो । गुँडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए ।

एउटा चल्लो गुँडबाट बाहिर निस्केर हाँगामा बसेको थियो । त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी ।

“तिम्री आमा त्यो कौवा होइन, म हुँ । आऊ, मसँगै जाऊँ । बहिनीलाई पनि लिएर आऊ ।” चल्लातिर हेर्दै काली चरीले भनी ।

चल्लो अलमल्ल परयो । उसलाई यो सबै कुरा सपनाजस्तै लाग्यो ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

बाबुको चिठी (कविता) – शेरबहादुर साउद

जेष्ठ २४, २०७८
बालकथा

बालकथा : त्यसपछि उनीहरू आएनन्-हरिप्रसाद भण्डारी

चैत्र १५, २०७७

अशेष मल्ल – बालनाटक : पर्दाभित्र

चैत्र १२, २०७७

आर्थिक समृद्धी नै गणतन्त्रको आधार

माघ २३, २०७७

“तिमीले सुनेनौ ? छिटो आऊ । अहिले कौवा आई भने मसँग आउन दिन्न । आफ्ना छोराछोरी होइनन् भन्ने थाहा पाई भने ठुँगेर मार्न पनि सक्छे ।” काली चरीले निकै कर गरी ।

‘मलाई यसरी फकाउने को होला !’ चल्लाले मनमनै कुरा खेलायो तर एकिन गर्न सकेन । ‘अझ मेरै आमा हुँ भन्छिन् ।’ चल्लो छक्क पर्यो ।

‘म नभएको बेला गुँडबाट बाहिर ननिस्कनू, कतै नजानू, नचिनेका कसैले दिएको खानेकुरा नखानू, कसैको लहलहैमा नलाग्नू ।’ आमाले भनेका कुराहरू सम्झियो । ‘यो मलाई फकाएर लैजाने चाल पनि हुन सक्छ ।’ अनेक तर्कना गर्दै गुँडभित्र गयो र लुकेर बस्यो ।

केही समयपछि आमा आइन् । उनका मुखभरि चारो थियो— अन्नका दाना र कीरा फट्याङ्ग्रा । उनले पालैपालो चारो दिइन् । स्वादिलो चारो खान पाएर सबै चल्ला खुसी भए । बालकथा

काली चरीले भनेका कुरा आमालाई बताउन मन लाग्यो । मुख खोलिसकेको थियो तर रोकियो । ‘कौवाले आफ्ना छोराछोरी होइनन् भन्ने थाहा पाई भने ठुँगेर मार्न सक्छे ।’ काली चरीका कुरा सम्झियो । मनमा कुरा खेलिरहे, निकै चिन्ता पनि लाग्यो ।

अर्को दिन बिहान उज्यालो भएपछि कौवा चारो खोज्न बाहिर गई । एकै छिनपछि काली चरी फेरि आई । हिजो बसेको डालीमा बसेर चल्लालाई बोलाई र भन्न थाली—

“म कोइली चरी हुँ । तिमी पनि कोइली नै हौ, मेरै बचेरा, कौवा होइनौ । मैले कौवाको गुँडमा पारेको फुलबाट जन्मेका तिमीहरू । कौवाले थाहा नपाउने गरी मैले उसको गुँडमा फुल पारिदिएँ । कौवा झुक्कियी । आफ्नै फुल ठानेर ओथारा बसी, चल्ला निकाली र चारो खुवाएर तिमीहरूलाई हुर्काई । अझै पनि ‘तिमीहरू कौवा हौ, उसकै सन्तान हौ’ भनेर ऊ विश्वस्त छे । पछि तिमी कौवा होइनौ, कोइलीका बच्चा हौ भन्ने थाहा पाई भने ठुँगेर मार्न सक्छे । त्यसैले उसले नचिन्दै तिमीहरू यहाँबाट भाग्नुपर्छ ।”

काली चरीको कुरा सुनेपछि चल्लो छक्क पर्यो ।

‘कस्तो अचम्म ! आफूले अर्काको गुँडमा फुल पारेकी रे ! अल्छी ! आफ्ना सन्तानलाई अर्काको जिम्मामा छोडेर बस्न सक्ने निष्ठुरी ! अहिले आएर मेरा बच्चा भन्ने ? लाज पनि किन नलागेको होला !’ चल्लाका मनमा यस्तै कुराहरू खेलिरहे ।

“हाम्रो चलनै यस्तो छ । हामी आफू कहिल्यै गुँड बनाउँदैनौँ । फुल पार्ने बेला भएपछि कौवाले थाहा नपाउने गरी उसैका गुँडमा गएर फुल पार्छौं ।” चल्लाका कुरा बुझेजस्तै गरेर काली चरीले भनी ।

“कौवा पनि अलमलिन्छन् । आफ्नै फुल ठानेर ओथारा बस्छन् र चल्ला कोरल्छन् । परम्परादेखि नै चल्दै आएको चलन हो यो । म पनि कौवाकै गुँडमा जन्मी हुर्किएकी हुँ । हाम्रो यही अनौठो चलनमाथि कविहरूले कविता पनि कथेका छन्— कोइली कागको बच्चा हुन्छ सानो छँदातक ।”  बालकथा

काली चरीको कुरा सुनेपछि चल्लाको टाउको फुट्लाजस्तै भयो । कहिल्यै नसुनेको कुरा सुन्नुपरेकाले उसले केही सोच्न सकेन । आमाले अरू धेरै कुरा सिकाए पनि यो कुरा कहिल्यै बताएकी थिइन । ‘आमाले यो कुरा किन बताइनन् ?’ उसको मनमा यस्तै जिज्ञासा मडारिए ।

एक दिन अरूले थाहा नपाउने गरी काली चरीले भनेका कुरा चल्लाले आफ्नी बहिनीलाई पनि सुनायो । दाजुको कुरा सुनेर बहिनीले अचम्म मात्र मानिन, “यस्तो पनि हुन सक्छ र दाजु ?” शङ्का व्यक्त पनि गरी ।

बहिनी ‘आमालाई सोधौँ’ भन्दै थिई तर चल्लाले मानेन । ‘कौवाले थाहा पाई भने ठुँगेर मार्न सक्छे’, काली चरीले भनेको कुरा उसले बिर्सेको थिएन । तर उनीहरूको मन पटक्कै मानेन।‘

यस्ता कुरा मनमा पालेर आमालाई नभन्नु धोका त हो तर ‘के हो, के होइन’ को अनिश्चयमै उनीहरूले एक दिन आमालाई काली चरीका कुरा सुनाए ।

“कोही फटाहा चरो होला तिमीहरूलाई फकाएर अपहरण गर्न खोज्ने ! त्यस्तो कुरा नपत्याउनू र कसैसँग नजिक नजानू” भन्दै आमाले सचेत गराइन् । त्यसपछि उनीहरूले काली चरीका कुरा सुन्न छोडे । बिस्तारै उड्न र आफैं चारो खोजेर खान सक्ने भएपछि जङ्गलतिर लागे ।

काली चरीले भनेको ठीकै रहेछ भन्ने कुरा उनीहरूले पछि मात्र थाहा पाए । कोइलीले सधैँ कौवाको गुँडमा मात्रै फुल पार्दा रहेछन् भन्ने कुरा थाहा पाएपछि उनीहरूलाई अचम्म लाग्यो । ‘सबैले बाठो भन्ने कौवा हामीभन्दा पनि लाटो रहेछ । लाटो नभए किन अर्काका सन्तान आफ्नै ठानेर हुर्काउँदो हो र ! बिचरा कौवा !’

पछि फुल पार्ने बेला भएपछि उनीहरू पनि कौवाको गुँड खोज्दै उड्न थाले ।

लेखकको बालकथा संग्रह चरीका रमाइला कथा, २०६७बाट साभार

लेखक परिचय

हरिप्रसाद भण्डारी
हरिप्रसाद भण्डारी
+ पोस्टहरु

गुल्मीका हरिप्रसाद भण्डारी उत्साह पत्रिकामा प्रकाशित लघुकथा कुकुुर तिहार, २०४५ बाट साहित्य क्षेत्रमा लागेका हुन् । उनका अविरल यात्रा, २०६३, काला सर्पको खोजी,२०६७ गरी दुुई लघुकथा कृति प्रकाशित छन् । कथासङ्ग्रह चिराग, २०४७, अस्वीकृत कथाहरू ,२०५८,बालकथासङ्ग्रह चरीका रमाइला कथा, २०६७, मनको आँखा, २०६९ आदि उनका प्रकाशित कृतिहरू हुन् ।

  • हरिप्रसाद भण्डारी
    https://shabdasopan.com/author/hariprasadb/
    बालकथा
    चैत्र १५, २०७७
    बालकथा : त्यसपछि उनीहरू आएनन्-हरिप्रसाद भण्डारी
Share37Tweet23Share7Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

बाबुको चिठी (कविता) – शेरबहादुर साउद

जेष्ठ २४, २०७८
बालकथा

बालकथा : त्यसपछि उनीहरू आएनन्-हरिप्रसाद भण्डारी

चैत्र १५, २०७७

अशेष मल्ल – बालनाटक : पर्दाभित्र

चैत्र १२, २०७७

आर्थिक समृद्धी नै गणतन्त्रको आधार

माघ २३, २०७७

खुशी छर्दै हिँड्नु तिमी

माघ २२, २०७७

निलिमाको नयाँ स्कुल

माघ १८, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?