• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान

पारिजातको जीवनी

■ शब्द सोपान
फाल्गुन २४, २०७७
1.7k 18
A A
1k
SHARES
5.2k
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तपाईंलाई यो पनि मन पर्न सक्छ

शरद प्रधान

आधुनिक नेपाली कविता र कवि : एक चर्चा – शरद प्रधान

अशोज १९, २०७८
भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
कृष्ण प्रधान

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

अशोज १९, २०७८
कमला सांकृतायायन

कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी

साउन २९, २०७८

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा जन्मिएर हुर्किएकी पारिजात (१९९४-२०५०)का कृतिहरू पनि उत्तिकै सुन्दर र कालजयी छन् । वहुप्रतिभाशाली, प्रगतिशील र मुर्धन्य व्यक्तित्वकी धनी पारिजात नेपाली साहित्य जगतमा छुटाउनै नमिल्ने नाम हो । न्वारनको नाम विष्णुकुमारी वाइवा र लामाले राखिदिएको नाम छेकुडोल्मा भएपनि पारिजातले आफ्नो नाम आफैं रोजिन्, अन्ततः उनी नेपाली साहित्य सरोवरमा पारिजात बनेर फूलिन् । अन्तर्मुखी र संवेदनशील स्वभावकी पारिजात सानै उमेर देखि साहित्य लेखनमा रूची राख्थिन् । बाल्यकालमै मातृस्नेहबाट वञ्चित हुनुपरेकोले उनको भावुक र कल्पनाशील बालमस्तिष्कमा ठूलो आघात पुग्यो । कलिलै उमेरमा बाथ रोगबाट प्रताडित बनेपछि शारीरिक र मानसिक दुवै खाले यातनाबाट उनी गुज्रनुपर्‍यो । साहित्य र गायनमा निकै चाख राख्ने पारिजात प्रारम्भिक शिक्षा पूरा गरेर नेपाल प्रवेश गरेपश्चात पूर्ण रूपमा साहित्य साधना गर्न लागिन् ।

पारिजातले समाजसेवामा पनि धेरैजसो समय व्यतित गरेकी थिइन् । उनले ‘बचेराबास’ नाम गरेको सामाजिक संस्था स्थापना गरि कारागारमा रहेका आमाबाबुका बच्चाहरूको सेवा गरेकी थिइन् । निडर, स्वाभिमानी, निष्ठावान र न्यायप्रेमी प्रकृतिकी पारिजात उत्तिकै दयालु पनि थिइन् । क्षयरोग, बाथ, दम, अल्सरजस्ता भयानक रोगहरूबाट आक्रान्त हुँदाहुँदै पनि निमुखा, असहाय र अबलाहरूका निमित्त सदैव अग्रसर रहन उनलाई कुनै शारीरिक दुर्बलताले रोक्न सकेन । उच्च मनोबल, क्रान्तिकारी प्रवृत्ति र मानवतावादी चिन्तनले उनको सामाजिक व्यक्तित्वलाई पनि अग्लो स्थानमा राखेको छ । राजनीतिक जागरण, सचेतता र निर्भिकता फस्टाउँदै जाँदा उनी वामपन्थी दलसम्बद्ध ‘अखिल नेपाल महिला संघ’को अध्यक्ष समेत बन्न पुगिन् । औपचारिक हिसाबले पद्मकन्या क्याम्पसबाट बिएसम्मको अध्ययन गरेपछि उनले विश्व साहित्यको स्वअध्ययन गरेको पाइन्छ ।

शारीरिक तवरले अस्वस्थ भएता पनि उनको बौद्धिकतामा कुनै असर परेन । वि.सं. २०१३ सालमा ‘धरती’ पत्रिकामा कविता प्रकाशनबाट पारिजातले आफ्नो साहित्यिक यात्रालाई सूरूवात गरेकी थिइन् । साहित्यिक यात्रा कविताबाट सुरु गरेकी उनको पहिलो प्रकाशित संग्रह, कविता संग्रह “आकांक्षा” हो । उनले अन्य विविध विधाहरूमा क्रमश: कलम चलाउदै गइन् । ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘साल्गीको बलात्कृत आँसु’, ‘बधशाला जाँदा आउँदा’ आदि उनका कथा संग्रह हुन् भने ‘लाली गुराँसको फेदमा’, ‘एउटा चित्रमय सुरुवात’ र ‘अध्ययन र संघर्ष’ उनका आत्मकथाहरू हुन् । कविता, कथा, उपन्यास, निबन्ध, आत्मकथा लगायतका विधाहरूमा पोख्त पारिजात बहुआयामिक व्यक्तित्व हुन् । उनले एउटा एकांकी लेख्नुका साथै गोबिन्दबहादुर मल्ल ‘गोठाले’को नारीप्रधान नाटक ‘युगको सिकार’मा प्रमुख भुमिका निभाएकी थिइन् । उनी नेपाल मावनअधिकार सङ्गठनको उपाध्यक्ष, अखिल नेपाल महिला मञ्चको संस्थापक अध्यक्ष, बन्दी सहायता नियोगको संस्थापक अध्यक्ष तथा त्रि.वि.सभाको सदस्य समेत रहेकी थिइन् ।

उनका ‘महत्ताहिन’, ‘बैंसको मान्छे’, ‘तोरीबारी बाटा र सपनाहरू’, ‘परिभाषित आँखाहरू’, ‘अनिँदो पहाडसँगै’ लगायतका उपन्यासहरू प्रकाशित र चर्चित छन् । शिरिषको फूल उपन्यासले उनको चर्चालाई चुल्यायो ।२०२२ सालमा पारिजातको उपन्यास ‘शिरिषको फूल’ मदन पुरस्कारबाट सम्मानित भयो । यस उपन्यासको अनुवाद ‘द ब्लु मिमोसा’ अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ । उनले शुन्यवादी दर्शनको गहन सिद्धान्तलाई अत्यन्त कलात्मक र मिठासपूर्ण भाषाशैलीमा प्रस्तुत गरेकी छिन् । यो पारिजातको बैयक्तिक विशेषता हो । उनी नेपाली साहित्य मात्र पढ्दिनथिन्, उनी नित्से, बाल्जाक, दस्तोभस्की, चेह्कफ आदिका लेखनबाट पनि प्रभावित थिइन् । उनले प्राप्त गरेका अन्य सम्मान वा पुरस्कारमा, युगज्ञान पुरस्कार (२०२७), पाण्डुलिपि पुरस्कार (२०४९ ), गंकी बसुन्धरा पुरस्कार (२०४९) आदि रहेका छन् । वि सं २०५० बैशाख ५ गते उनको निधन भयो । प्रत्येक दिन रोगसँग जुध्दै, कमजोर आर्थिक अवस्थासँग संघर्ष गर्दै पारिजातले रचना गरेका यी कालजयी कृतिहरूले उनलाई सदैव नेपाली साहित्य जगतमा जिवित राखी राख्नेछन् । निडर व्यक्तित्व, मानवतावादी चिन्तन, शरीर अशक्त भए पनि उनको विशालकाय बौद्धिकताजस्ता अमुल्य गुणहरू भएकी मुर्धन्य व्यक्तित्व पारिजात मानवजातीका लागि प्रेरणाकी स्रोत हुन् ।

Tags: विशेष
Share416Tweet260Share73Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

शरद प्रधान

आधुनिक नेपाली कविता र कवि : एक चर्चा – शरद प्रधान

अशोज १९, २०७८
भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
कृष्ण प्रधान

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

अशोज १९, २०७८
कमला सांकृतायायन

कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी

साउन २९, २०७८
लू शुन

क्रान्ति र जागरणका सर्जक: लू शुन – ईश्वर बुढाथोकी

साउन १०, २०७८

जी छिरीङ: धेरै लेखे, कमैले सम्झिए

साउन ९, २०७८

प्रतिक्रियाहरु 1

  1. Pingback: पारिजातको घरमा - Shabda Sopan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?