• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान

आधुनिक नेपाली कविता र कवि : एक चर्चा – शरद प्रधान

■ शरद प्रधान
अशोज १९, २०७८
281 3
A A
शरद प्रधान
172
SHARES
860
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

यो लेख सन्त जोसेफ कलेज, दार्जिलिङको मुखपत्र नर्थ पोइन्टरपत्रिकाको सन् १९८३-८४ अंकमा छापिएको थियो । म त्यस बखत बाह्रौं श्रेणीको विद्यार्थी थिए । विगत ३८ वर्षमा नेपाली साहित्यमा धेरै परिवर्तन आइसके र यस लेखमा उल्लेख गरिएका धेरै कविहरु दिंवगत भइसके पनि । यसर्थ यो लेखलाई तत्कालिन लेखनको रुपमा नै लिइदिनु हुन अनुरोध गर्दछु ।- लेखक

आधुनिक नेपाली कवितालाई सर्वेक्षण गर्दा यसको इतिहास विस्तृत पाउँदैनौं । तर यस लेखको उद्देश्य आधुनिक नेपाली काव्यको इतिहासलाई केलाउनु होइन आधुनिक नेपाली कवि र उनीहरुको काव्य प्रवृतिलाई चर्चा गर्नु हो । चर्चा गर्नु पूर्व म आधुनिकताको परिचय दिन चाहन्छु । आधुनिकता व्यापक अर्थमा आर्थिक, सामाजिक राजनैतिक र नैतिक स्थितिमा परिवर्तन आउनु हो। तर आधुनिक कविताको अर्थ हुन्छ परम्परागत रुढी र संस्कारहरूलाई तिलाञ्जलि दिएर नयाँ मूल्यहरूको स्थापना गर्नु हो । स्वचेतनता. बौद्धिकता, वैज्ञानिकता, धर्मनिरपेक्षता अनिभाषिक सृजनात्मकतामा विशेषता दिनु आधुनिक कविताको मूल तत्व हो, जसको प्रभावले अमूर्तता र परिमित कथनको विकाश हुन्छ । बद्लँदो परिवेशका जटिल अनुभूतिहरू, नयाँ यांत्रिक सभ्यताको संग्राममा विच्छिन्न भएका सामाजिक, आर्थिक र राजनैतिक मूल्यहरूको विरुद्ध ठोस अभिव्यत्ति, दिनु आधुनिक कविताको प्राप्ति हो ।

श्री मोहन कोइराला आधुनिक नेपाली काव्याकाशमा ध्रुबताराकोरुपमा अवस्थित छ । उनको प्रवेशपछि नेपाली कविताले आधुनिकताको मोड़ ग्रहण गर्यो । मोहन कोइरालाको कवितामा वैयक्तिक र अपरिशोषित अभिव्यक्तिको बोध हुन्छ । आधुनिक समाजले प्रदान गरेको सुविधा र ध्वसांत्मक क्रियाकलापप्रति विरक्तताको भाव प्रकट गर्छन् “घाइते युग” भन्ने कवितामा मोहन कोइरालाले । उनको कतिपय कविताहरू इलियटका प्रवृत्तिका छन् किनकि आधुनिक कविताको मूल स्रोत युरोपेली बाद, दर्शन र सिदान्त हो । सानो पसलमा एक कप चिया पिएर हिंड्न पर्नेजिन्दगीलाई प्रतीकात्मक अर्थ दिन खोज्छ कवि जगदीश शमशेर राणा । उनको कवितामा पौराणिक मिथक, बिम्ब र प्रतीकको प्रशस्त प्रयोग भएका छन्। आफ्ने समस्याले जन्माएका प्रतीकलाई उनले कवितामा कलात्मक ढंगले कवितामा छन् । नेपालीका सचेत कवि भूपि शेरचनका कविताले विभिन्न वर्गका जनजीवनको समस्या र मर्काहरू बोकेका हुन्छ । भूपिका कविताले राष्ट्रिय अन्तराष्ट्रिय समस्यालाई चिन्तन गरेका छन् जसले आधुनिकको परिवेशलाई । समाजको आर्थिक विषमता, राजनैतिक युगको अस्थिरता, र वर्तमान युगका संत्रासलाई सशक्त, प्रतीक र विम्बद्वारा अभिव्यक्त गरेका छन् । अस्वभाविक समसामायिक जीवनको विरुद्ध कवि भूपिले उपहासजनक व्यंग र भावी विद्रोहात्मक परिवर्तनको प्रतिच्छाया प्रतिविम्वित हुन्छ ।

आधुनिक नेपाली कविताको मूल स्वर निस्सारता हो । जीवन भोग्नुको निस्सारता, भौतिक अप्राप्ति र सिमीत अस्तित्वको विरुद्ध सुश्री पारिजातले आफ्नो भावना व्यक्त गर्छन् । आफ्नो दयनीय स्थितिमा भोगेका अनुभूति र संवेदनालाई कवितामा समावेश गरेकी छन् । पारिजातले शुन्यवादलाई बिम्बद्वारा मिठो भाषा शैलीमा प्रस्तुत गरेकी छन्। कृष्णभक्त श्रेष्ठको कवितामा जीवनको संकिर्णतालाई सफलतापूर्वक शब्द चित्रमा रेखाकंन गरेका छन् । मोहन हिमाशु थापाले अपरम्परागत प्रतीक र बिम्बले आफ्नो कवितालाई केही हदसम्म सुन्दर र प्रखर बनाएका छन् ।प्रखर विचारलाई अनुभूतिको स्तरसम्म पुराउन सक्ने प्रबल क्षमता आधुनिक कविताले विकासित गरेका छन् । तुलसी “दिवस” आधुनिक नेपाली कविताका सशक्त कविको रुपमा परिचित छन् । उनको कवितामा विद्रोहात्मक भावनाको फाँट पाउँछौं । “दिवस” ज्यूको कवितामा मार्मिकता र उच्चकोटीको विचार व्यक्त गरेका छन् । उनले गुनासो प्रकट गर्छन् हाम्रो युद्ध सिमाना र विदेशमा होइन तर आफ्नै मुलुकको पछौटेपनसित गर्न पर्छ । उनले आफ्नो देशको पछौटेपन, अशिक्षितजन, मानसिक असंतुलनता देखेर कराउँछन् , “एउटा युद्ध”–अशिक्षा र अज्ञानको विरुद्ध ।

एउटा युद्ध-अकर्मण्यता र आलस्यको विरुद्ध

तपाईंलाई यो पनि मन पर्न सक्छ

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
कृष्ण प्रधान

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

अशोज १९, २०७८
कमला सांकृतायायन

कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी

साउन २९, २०७८
लू शुन

क्रान्ति र जागरणका सर्जक: लू शुन – ईश्वर बुढाथोकी

साउन १०, २०७८

एउटा युद्ध– अभाव र वेरोजगारीको विरुद्ध

एउटा युद्ध-अशान्ति र असंतुलनको विरुद्ध

कवि अगमसिंह गिरी दार्जिलिङ्गे आधुनिक नेपाली कविताका उपज

उनको कविताले नेपालीको मार्मिक कथा र व्यथापूर्ण माया बोकेका हुन्छ । उनको कविताले प्रत्येक प्रवासी नेपालीको हृदय द्रवीभूत पारेका छन् । एउटा सचेत कविको रुपमा गिरीले राष्ट्रिय र अन्तराष्ट्रिय संवेदना लाई अभिव्यक्ति दिएका छन् । दिन-प्रतिदिनको जिन्दगी र समस्यासँग कवि विरेन्द्रका कविता टाँसिएका हुन्छ । । सावित्री सुन्दास, जगत राई,विक्रम रुपासा, रामकृष्ण शर्मा, तुलसी अपतन आदिले दार्जीलिङ आधुनिकनेपाली कवितामा धेरै नै योगदान दिएका छन्। आधुनिक कवितामा कविहरूले प्रतीक अत्योक्ति, चमक र व्यंग शैली आत्मसात् गरि आफ्नो विद्रोह, व्यथा आक्रोशहरू इतिहास मिथकहरूको दृष्टान्त प्रस्तुत गरेर आफ्नो भावना व्यक्त गर्छन् । तेस्रो आयामेली आन्दोलनका कवि वैरागी काईला र ईश्वर बल्लभ जीवनलाई आफ्नै आयाम र विन्दुबाट हेर्न खोज्दा कवि वैरागी काईलाले वर्तमान जीवनको कुण्ठाग्रस्त स्थितिलाई खुबकलाकारितासाथ विद्रोहात्मक शैलीमा प्रस्तुत गरेका छन । जीवनमा संघर्षरत हुनुपर्ने वाध्यता र जिन्दगीबाट पलायन हुनुबाट निवृतिको आह्वान गर्छन बैरागी काइँला जसले उपयुक्त वाध्यतालाई बौद्धिकतापूर्ण अभिव्यक्ति दिएका छन् । काईंलाको कवितामा असाधारण कल्पना, भावना, जिन्दगीलाई सुक्ष्मनिरक्षण र युगचेतना पाउँछौं । तेस्रो आयामबाट मान्छेको जटिल अस्तित्वलाई अन्वेषण गर्छन अनि आधुनिक जीवनको बहिष्कार,पलायन र त्यागप्रति विद्रोह आवाज उठाएका छन । ईश्वर वल्लभ अर्को आयामेली आन्दोलनका कर्णाधार कवि हुन् । वल्लभका कवितामा कल्पना र भावनाको उड़ानभन्दा अनुभूतिको प्रखरता आभाशित हुन्छ । आफूले भोगेका व्यथा र वेदनालाई कविले खरोरुपमा व्यक्त गरेका छन्। देशको सकीर्णता र मान्छेको जीवनको साँघुरोपनलाई कवि वल्लभ व्यापक विस्तृत पार्ने आग्रहगर्छन् । उनको कवितामा ग्रीसेली प्रतीक र बिम्बहरूको यथेष्ट प्रयोग भएका छन् । मूलतः आफूले भोगेका अनुभूति र अरुले भोगेको सादृश

अनुभूतिलाई आफ्नो कवितामा व्यक्त गर्छन । कवि वल्लभ भन्छन्-

कि पानी नपाएका तिर्खाले ग्रस्त पातहरू

कि वर्खा नपाएका शुष्कताले ग्रस्त अवयवहरू

कि हिउँले खाएका कठाँग्रले ग्रस्त हाँगाहरू ।

वास्तवमा हामी अभावको तिर्खाले सुकिसकेका छौं, प्रत्येक याममाशुष्कताले मरिरहेका छौं, अनि प्रत्येक ठिहिमा हामीकठांग्रिएका छौं । सँधै अस्तव्यस्त हुन्छौं तर कुनै अभिप्रायबिना, कुनै कार्य गर्न असमर्थ छौ ।

आधुनिकताले समाजमा सुधारात्मक प्रवृति बोकेर ल्याएका छन् ।प्रत्येक रुढी र अवैज्ञानिक विचारहरू त्याग्न आधुनिकताले आह्वान गर्छन । नौलो आवश्यकतालाई अनुकूल परिवेशमा गुणात्मक परिवर्तनको आग्रह गर्नु आधुनिक कविताको विशिष्ट उपलब्धी हो । कवि पुष्कर लोहनीको कविता विशेष यौनवृतिलाई आधार मानेर लेखेका छन् । मान्छेको कुन्ठित मनोदशा, संयमित यौनभावना र निराश कवितामा व्यक्त हुन्छ । नवीन विम्ब र प्रतीकको सफलतापूर्वक प्रयोग मदन रेग्मीको कवितामा भएका छन् । जिन्दगी भोग्नुको असजिलोपन र असत्यतालाई कलात्मक ढंगमा अभिव्यक्ति दिएका छन् । राजनैतिक अस्थिरता, आर्थिकविषमता, सामाजिक प्रतिबद्धताबाट सृजित राष्ट्रिय र अन्तराष्ट्रियसमस्यालाई कवि वाशु शशीले चित्रात्मक रूपमा अभिव्यक्ति दिएका छन् । आधुनिक नेपाली कविताले मानिसप्रति अनास्था र मानवीय मूल्य विघटनप्रति विद्रोह र आक्रोश व्यक्त गरेका छन। उपेन्द्र श्रेष्ठको कवितामा बिशौं शताब्दीको संत्रास, असंगति र वर्तमान युगको समस्या प्रस्टरूपमा परिदर्शित छन् । उनको कवितामा चित्रात्मक विम्बसंयोजना, मूल्य परि वर्तनप्रति विद्रोह, बौद्धिकता र बाह्यजगतको अभिव्यक्ति सुन्दर शैलीमा प्रस्तुत गरेका छन् । बानीरा गिरीका कवितामा समसामायिक युगको चित्र रेखांकन भएका छन्। इतिहास र संस्कृतिलाई प्रतीकात्मक रूपमाकविताभित्र सन्निवेश गरेकी छन् । उनले कवितामा अतीतको मिठो संझना र वर्तमानको तितो अनुभव व्यक्त गरेकी छन् । उनका “काठमांडौ” शीर्षक कविता अति तालमय र रोचक छन्। “काठमाडौको प्राकृतिक सौन्दर्यता र राजधानीको रूपमा मात्र विशेषता नदिएर कवियित्रीले त्यसको सम्पूर्ण पक्षलाई प्रस्तुत गरेकी छन्। कवियित्री गिरी लेख्छिन् :

“नेताहरूका भीषण भाषणका मंगलाचरण

जनताका अभाव र दरिद्रताका सामूहिक गान

तलब–वृद्धिको संयोग

महंगी-वृद्धिको वियोग

मट्टितेल र चिनी हराउनु पाउनुको अनवरत संघर्ष के छैन यसमा ?”

लेखक परिचय

शरद प्रधान
वेबसाईट | + पोस्टहरु

पत्रकार तथा लेखक शरद प्रधानले नेपाली र अंग्रजी दुवै भाषाका पत्रिकाको सम्पादन गरेका छन् । साहित्यका विभिन्न विधामा कलम चलाउने प्रधान रेडियो टुरिजम र एक्सेलट्रिप नेपालसँग आवद्ध छन् ।

  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    तारानाथ शर्मा
    चैत्र ६, २०७७
    तारानाथ शर्मा : प्रखर समालोचकदेखि सरल लेखकको यात्रा
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    धरणीधर कोइराला
    चैत्र १४, २०७७
    धरणीधर कोइराला : नेपाल-भारतको साहित्यिक सेतु
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    हरिभक्त कटुवाल
    चैत्र २७, २०७७
    हरिभक्त कटुवाल : सन्दिग्ध कालको जरासन्ध (सँस्मरण)
  • शरद प्रधान
    https://shabdasopan.com/author/saradp/
    दिव्य खालिङः
    बैशाख ११, २०७८
    दिव्य खालिङ : संगीतकारको छविले ओझेलमा पारेको उम्दा गीतकार
Share69Tweet43Share12Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
कृष्ण प्रधान

‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान

अशोज १९, २०७८
कमला सांकृतायायन

कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी

साउन २९, २०७८
लू शुन

क्रान्ति र जागरणका सर्जक: लू शुन – ईश्वर बुढाथोकी

साउन १०, २०७८

जी छिरीङ: धेरै लेखे, कमैले सम्झिए

साउन ९, २०७८

गुरु भर्सेस् गोरु – किशोर सुब्बा (लिम्बु)

साउन ९, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?