सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो
राजनीति भनेको राज्यको व्यवस्थालाई ठिक गरी जनताको भलाईकालागि अन्य देशप्रतिको कुटनीतिक आदि सम्बन्धलाई ठिक राख्ने व्यवहार गत व्यवस्थ नै राजनीति हो(प्रेमबहादुर शाही)। सामान्य भाषामा परिभाषित गर्ने हो भने राजनीति जनताको पक्षमा निस्वार्थ भावनाले गरीने विनालाभको पेशा हो । तर, नेपाली राजनीतिमा यी सब तपशिलका वाणीहरूजस्तो भैसके। विश्वमा नै उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनेकौं नामको आन्दोलन, आन्दोलनमा सहीद, बेपत्ता अपाङ्ग भै स्थापित भएको बाह्र वर्ष भयो । राजनीति यस्तो अङ्ग हो जसले राज्यको सबैप्रकारको स्रोत साधनलाई व्यवस्थापन गर्दै राज्यको सबै क्षेत्रको निश्चित मापदण्डअनुसार बडाएको हुन्छ । सबैभन्दा माथी संविधान हुन्छ । त्यस संविधानलाई कार्यनयन गर्ने जिम्मा राजनीतिलाई हुन्छ । जस्तो कि शिक्षा, स्वास्थ , संचार, यातायात, उद्योग, व्यपार जस्ता नीतिहरू पनि राजनीतिबाट नै निर्देशित हुन्छन् । जनताको दैनिकी छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सम्बन्ध राजनीतिसँग जोडिन्छन् । तर , नेपालको राजनीतिमा कत्ति पनि सुधारात्मक पक्ष देख्न सकिँदैन्, जिम्मेवार विमुख भएको वर्तमान राजनीति परिप्रेक्ष्यमा जस्तोसुकै सुन्दर व्यवस्था स्थापित भए पनि कुनैप्रकारको सुखानुभूती प्राप्त गर्न असम्भव जस्तै भैसकेको छ । विगतको राजनीति कोट्याउने पक्षमा छैन तर वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा गरिएको ‘संसद् विघटन´पछिको राजनीति हर्कत र नेकपाको उदय र विघटनसम्म केलाउने जमर्को गर्दछु ।
वि.सं. २०७४ सालमा देश आम निर्वाचनमा प्रवेश गर्यो ।स्थानीय चुनावसम्म एक्लाएक्लै निर्वाचनमा गए पनि प्रदेश र सङ्घको निर्वाचनमा भने अपत्यारिलो पारामा नेपाल एमाले र नेकपा माओवादी केन्द्रको `वाम गठबन्धन´ घोषणा भो ! खै जनताले कुन आधारमा विश्वास गर्यो या विस्वास दिलाईयो नेपाली जनताले झण्डै दुई तिहाइको मतदान गर्दीए वाम गठबन्धनलाई । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले, `राजनीति सम्भावनाको खेल हो´ भने जस्तो फरकफरक पृष्ठभूमिबाट उदय भएको, एकाअर्कालाई सिद्वयाउँन कुनै कसुर बाँकी नराख्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्र सबैलाई अच्चमित तुल्याउँदै पार्टी एकता गरी `नेपाल कम्युनिस्ट पार्टी´(नेकपा)को घोषणा गर्यो । त्यस लगत्तै नेकपा अध्यक्षदयले प्रधानमन्त्री निवास बालुवाटारको पार्कमासँगै रोपेको जापानी बिरुवा ‘जिंक्गो वाइलोवा’ विस्तारै हुर्किँदै छ । ‘हिरोसिमा र नागासाकीमा आणविक आक्रमण हुँदासमेत नमरेको उक्त रूखजस्तै पार्टीलाई पनि बलियो बनाउँछौँ’ भन्ने सांकेतिक अर्थ दिन अध्यक्षदयले त्यसको बिरुवा रोजेका थिए । अब ! एसियाकै ठूलो कम्युनिस्ट पार्टीको दर्जा दिएर नेकपा नामको `जहाज´ले दुई पाइलटले उडान भर्यो । विभिन्न टिकाटिप्पणीले बजार नतातिएको भने होइन कोही सत्ता कब्जा गर्न गरिएको एकता भन्छन् कोही नेपालको मुहार फेर्न आ -आफ्नो कित्तामा उभिएर गरिएको यि रहस्यमय प्रश्न र जिज्ञासा त्यति लामो समय पाइलटका प्राविधिक समस्याले टिकिरहन भने दिएन ।पार्टी एकता कोही आफ्नो अस्तित्व जोगाउन भने कोही आफ्ना तानाशाही प्रबृत्ति प्रदर्शन गर्न गरिएको एकता आमजनमासमा सावित भयो । सरकार गठन प्रक्रिया र पार्टी एकताको अभ्यास देखि नै आन्तरिक बिवादमा डुबेको नेकपा घरझगडा मिलाउन नसक्दा नेपाली जनताले पाँच वर्ष सरकार चलाउने म्यान्डेट सुम्पिए पनि थेग्न नसकेर अन्ततः सन्का प्रधानमन्त्रीको सिफारिसमा महामहिम राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा नेपालको संबिधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ टेकेर कुनै अध्ययन नै नगरी संसद् भंग भएको घोषणा गर्दिए । त्यसपछि नेपाली राजनीति अस्वभाविक मोड तिर मोडियो ठुला-ठुला कहलिएका शिर्ष नेताहरूको अभिव्यक्ति, शक्ति प्रदर्शन , एकाअर्काको बेइज्जत, सांसद् तानातान, बेइमानीले सिमा नाघिसकेको थियो । तर, अझै गजपको विषय चै के थियो भने कार्यकारी प्रधानमन्त्री केपि शर्मा ओली स्वयम् शक्तिप्रदर्शन गर्न देश दौडाहामा निस्किएका थिए । सायद! विश्वको पहिलो घाटना होला ।अहो ! नेपाली जनताले विश्वासमा देश सन्चालन गर्न सुम्पिएको नेताहरूको गति । नैतिकता हराएपछी लाज, घिन, डर, विवेक, जिम्मेवार सबै हराउँदै जाँदो रहेछ हेर्नलाई कष्ट गर्नु पर्दैन् थ्यो नेपाली राजनीति दलका शिर्षस्थ नेताहरू हेरे पुगिहाल्थ्यो ज्वलन्त उदाहरणहरू आँखै अगाडी थिए । संसद् विघटनपछिको राजनीतिले देश नै उथलपुथल बनायो प्रधानमन्त्रीद्वारा नियुक्ति भएका खरदारदेखि मन्त्रीसम्म समर्थनमा शक्ति प्रदर्शन गर्ने नेकपा कै दाहाल-नेपाल विपक्ष शक्तिप्रदर्शन गर्ने, प्रमुख प्रतिपक्ष काङ्ग्रेस अलमलमा देखिन्थे, जसपाको पनि मुख्य भूमिका देख्न सकिएन, नागरिक अगुवाहरू, श्रष्टाहरू (हामी स्वयम्), कलाकारहरू, दिनप्रतिदिन सडकमा नै थिए (खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, डा.सन्जिब उप्रेती, राजन मुकारुङ, दयाहाङ राई ,चन्द्रबिर तुम्बापो हुँदै युवा पुस्ताका उर्मिला थारु, बच्छु हिंमाङ्सु जस्ता नयाँ पुस्ताकाहरूको बाक्लो उपस्थिति थियो) यो कदम असंवैधानिक छ भनि पूर्व प्रधानन्यायाधीशहरू कानुन व्यवसायीहरू सर्बोच्चको ढोका ढकडकाउँदै थिए विशेषतः राजधानी महिनौं शान्त रहन सकेन भने राजधानी बाहिर पनि थोरबहुत प्रदर्शन भैरहेको थियो । त्यसै आवस्थामा नै २०७७ फागुन ११ गते प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबरा न्यायाधीशहरू विस्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले `संसद विघटन´ असंवैधानिक भएको ठहर गर्दै सम्मानित अदालतबाट संसद् ब्युँतिएको फैसला गरे पनि नेपाली राजनीतिले लय समाउन सकेन ।प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिन्छन् भन्ने विश्वास सबैले लिएको थियो । नेदरल्यान्डका संसदीय समितिले सन् २०१३ देखि सन् २०१९ सम्म वितरण गरिएको बालकल्याण कार्यक्रमको रकम दुरुपयोग, हिनामिना भएको र यसबाट लाखौँ गरिब र दुःखी बालबालिकालाई ठूलो क्षति हुन गएको उनीहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने प्रतिवेदन आयो । त्यसपछि प्रधानमन्त्री रुटले त्यसको राजनीतिक र नैतिक जिम्मेवारी लिँदै साइकल चढेर दरबार गएर राजा विलियम अलेक्जेन्डरसमक्ष राजीनामा दिए,
भारत स्वतन्त्र भएपछि रेल मन्त्री बनेका स्व. लालबहादुर शास्त्रीले रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिँदै मन्त्री पदबाट तत्कालै राजीनामा दिएका थिए, मंगोलियाको एक अस्पतालमा एउटी सुत्केरी महिला र उनको भर्खरै जन्मेको बच्चालाई कोरोनाका बिरामीसँगै राखेको तथ्य सार्वजनिक भएपछि सरकारविरुद्ध ठूलो विरोध र आन्दोलन सुरु भयो । अन्ततः यसको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री खुरेल्सुख उक्हा २१ जनवरी २०२१ मा पदबाट राजीनामा दिए ।
नेपालको निरंकुश पञ्चायती शासनकालमा पनि नैतिकता, इमानदारी र जवाफदेहिताको केही राम्रा उदाहरण पाइन्छन्, उदाहरणका लागि सिंहदरबारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले तत्कालै राजीनामा दिएका थिए । दशरथ रंगशालामा खेल भइरहेको बेला हावाहुरीका कारण भागदौड हुँदा मान्छे मरेको विषयलाई नैतिक जिम्मेवारी लिँदै तत्कालीन शिक्षा मन्त्री केशरबहादुर विष्टले पनि पदबाट तत्कालै राजीनामा दिएका थिए । तर, हाम्रा प्रधानमन्त्री उल्टै मन्त्रीमण्डल पो बिस्तार गर्न थाल्नु भो ! नैतिकताको खडेरी चलेपछि इजत भन्ने शब्दको मूल्य र मान्यता नहुँदोरहेछ भन्ने उदाहरण हाम्रै देशको प्रधानमन्त्रीलाई हेरे पुग्छ। खुल्लामन्च, सभागोष्ठी, कार्यकर्ता प्रशिक्षण आदि कार्यक्रममा नैतिकता र जिम्मेवार भुल्नुहुन्न भनेर नथाक्ने नेताहरूको हर्कत पनि पानी झै छर्लङ्ग भो ।नेपाली राजनीतिको समस्या हल हुन सकेन अब ! पार्टी कसको र सूर्य चिन्ह कसको भन्ने आ-आफ्नु अडानले न पार्टीको बिधान न अनुसासन बिभागले नै हल गर्न सक्यो सर्वोच्चको ढोका नढकढाकाइ सुख नै पाएन ।(माथिको राजनीति घटनाहरू सबै देश र जनताको लागि नभै व्यक्तिगत् स्वार्थको लागिभएको जोकोहीले अनुमान् गर्न सक्छन् ) अन्ततः नेकपा (सुरुवात देखि नै दाबीविरोध गरी नेकपा हाम्रो हो भनी मुद्वा समेत लडेका थिए ॠषिराम कट्टेल) ॠषिराम कट्टेललाई सुम्पिएर २०७७ फागुन १३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत: रुपमा ब्यूँताईदियो । सायद ! अपेक्षा गरेभन्दा फरक फैसला भएको हुनुपर्छ त्यस फैसलाले पछि भने नेपाली राजनीतिमा थप तरङ्ग पैदा गर्यो । त्यसपछिको राजनीति दौडधूपले भने ‘लाजनीति‘मा प्रबेश गरेको छ ।
सिद्धान्त, नैतिकता, इमानदारी र जवाफहिनबिनाको अर्थहीन राजनीति कुनै पनि बेला दुर्घटना पर्न सक्छ भन्ने उक्ति प्रष्ट भएको छ । २०५१ सालमा पनि नेपालको प्रजातान्त्रिक अभ्यासमा ठूलो दुर्घटना भएको थियो ।त्यस दुर्घटनाले नेपालको राजनीतिलाई विकृत, अस्थिरता र भ्रष्टाचारतिर मोडिदिएको थियो । लगभग २६ वर्ष पछाडी पुनः पूर्ववत् २०५१ सालको भूमरीमा पसेको अनुमान लगाउन सकिन्छ । भ्रष्टाचार, अनियमित्ता, कुर्सीको झगडा, राजनीति नियुक्ति हेर्न लायकको छ ।(अहिले अरबौं रूपैयाँबराबरका ठूला–ठूला भ्रष्टाचारमा यति होल्डिङ्स प्रकरण, ललिता निवास प्रकरण, तारागाउँ प्रकरण, एनसेल प्रकरण, वाइडबडी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, बुढीगण्डकी प्रकरण आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाका विषय हुन् । राजनीतिको परम्परा नै बनेको पछिल्लो इतिहास महाभूकम्पको उद्दार, राहतदेखि पुननिर्माण, प्रीन्टिङ प्रेस स्क्युरेटी खरिद प्रकरण (पूर्व सूचना तथा संचार मन्त्री गोकुल बास्कोटा)हुँदै कोरोना नियन्त्रण मेडिकल सामाग्री खरीद प्रक्रिया सम्मनको भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ। पहिलो चरणको कोरोना जेनतेन सामना गरे पनि यो दोस्रो लहरमा थेग्न नसक्ने गैरजिम्मेवारी अभिव्यक्ति दिइरहेको छ सरकार । तर केन्द्र सरकारदेखि प्रदेश सरकार आफ्नु हातमा लिन भने कुनै पनि अनैतिक कार्य गर्न कसुर नराखी हात धोएर लागेको छन् सांसद् अपहरण, कोरोना पोजिटिभको नाटकीय शैली आदि हर्कतहरू हेरीनसक्नु छ । कर्णाली प्रदेशमा नेपाल पक्षको ४ सांसद्ले फ्लोर क्रस गरेपछि शसंङ्कित भएको प्रधानमन्त्री ओलि पक्षीय लुम्बिनी प्रदेशको एउटा आलोतातो घटना जस्ताको त्यस्तै: बिहान ८:०० बजे मुख्यमन्त्री संङ्खर पोख्रेलको राजीनामा, ९:०० अधिवेशन अन्त्यको सिफारिस, १२:०० बजे विशेष अधिवेश अन्त्य , १२:३० एमाले सांसद् पृथ्वीनारायण पाण्डेको राजीनामा, १:३० बजे माओवादी केन्द्र रोज्ने विमला वलिको निर्णय, २:४५ सूर्य चिन्हबाट स्वतन्त्र चुनाब जितेका दुई सांसद द्वारा माओवादी -काङ्ग्रेस गठबन्धनमा, ५:१५ बजे कुलप्रसाद केशीलाई मुख्यमन्त्री नियुक्ति माग गर्दै ४२ सांसद् पत्र प्रदेश प्रमुखलाई , ५:२० मा पोख्रेल मुख्यमन्त्रीमा नियुक्ति, ५:३०मा प्रदेश प्रमुख कार्यलायमा विपक्षी दलका सांसद्को धर्ना, ८:३० बजे विपक्षी दलको धर्ना बिरोध छल्दै कडा सुरक्षाको घेरामा आफ्नै कार्यलाय बोलाएर सपथ । प्रधानमन्त्री इतरका प्रदेश प्रमुख फिर्ता यो एउटा उदाहरण मात्रै हो । यस्तो अनगिन्ती हर्कतहरू एउटा लेख मार्फत समेट्न सकिन्न । संसदीय राजनीतिमा यो तहको विकृती र अनैतिक अभ्यास गर्नु कुन नैतिकताले काम गरिरहेको छ सबैको मनमष्तिस्कमा प्रश्न गाडिरहेको छ तर स्पष्ट जवाफ पाईरहेको छैन ।q कोरोना माहामारीले देशलाई अक्रान्त तुल्याईरहेको छ, नागरिकहरू मृत्युलाई नजिकबाट नियालिरहेको छ कोरोनाबाट बच्ने आधारभुत स्वास्थ सामाग्रीको जोहो गर्न छाडी नेपाली राजनीति भने अल्पमत र बहुमतको फुटबल सङ्घीय संसद्देखि प्रदेश संसद्सम्मको रंगशालामा खेलिरहेको छ । सरकार हिटलरी च्याम्बरमा आफुलाई बलियो बनाउँदै छ तर यसले समाजको संरचना भने कमजोर बनाउदै छ । म मात्र बाचे हुन्छ भन्ने उदार लोकतन्त्रको मान्यता बिकसित हुँदै छ , यसले संकीर्णवाद र सामाजिक रुढीबादीलाई बल पुर्याउदै छ । बोल्न नपाउँदा, लेख्न नपाउँदा, गाउन नपाउँदा लोकतन्त्र कमजोर हुँदै गएको छ । भ्रष्टाचार गर्ने र जनताको भावनासँग खेलवाड गर्ने प्रवृत्तिले बलियोगरि काम गरिरहेको छ । सामाजिक एकता भने दिनप्रतिदिन भत्किरहेको छ । नेपाली राजनीतिमा पुनर्जीवित गर्ने, सुन्ने, सुनाउने मान्यताको अन्त्य भएको छ । नैतिकता । कर्तव्य र अनुशासन भनेर नथाक्ने नेताहरूमा अलिकति पनि नैतिक जवाफदेहीता भन्ने देख्न मुस्किल पर्छ ।असंवैधानिक बाटोमा सरकार लागेपनि समर्थन फिर्ता नगर्ने नेकपा माओवादी केन्द्रको चरीत्र बुझिनसक्नुको छ। प्रतिपक्षी दल त टेलिष्कोप लगाएर खोज्ने स्थिति नै आएको छ । राजनीति रोटी सेक्न कुनै कसुर बाकी नराखी तम्सिएको छ । तर, जनताले के पाए ? यो विषम परिस्थितिमा जनता कस्तो आवस्थामा छ कसैको ध्यान गएको छैन । नेपाली राजनीतिमा पुस्तान्तरणको मान्यताको विकास भएको छैन नयाँ र उर्जावान युवानेताहरूलाई नेतृत्वमा जान दिदैनन् मिति सकिएको मेडिकलको औषधिजस्तो अकर्मण्य अनुहार बारम्बार दोहोरीरहन्छ्न । नेपाली राजनीति सिमित व्यक्तिको स्वार्थ पुर्तिकालागि मात्र भएको छर्लङ्ग छ नै ।व्यक्तिवादी स्वार्थबाट संञ्चालित राजनीतिले `सुखी नेपाली समृद्व नेपाल´को सपना भने देखाईरहेकै छन् ।रामबहादुर, सुबासचन्द्र जस्ता पात्रहरू ओलीको दुत भएर काम गरिरहेको छ ।प्रधानमन्त्री ओलिले त नैतिकता गुमाए गुमाए प्रचण्डले पनि गुमाइसकेका छन् ।जनतालाई विकासका आधारभूत पुर्वधारहरू र सक्षम र दक्ष नेपाली जनतालाई संरक्षण नगरी वञ्चित गराउने राजनीति स्वार्थको फोहोरी खेलमा तल्लीन नेताहरूमा अलिकति पनि नैतिकता, माया, डर, र विवेक नभएको बुख्याँचा जस्तो देखिन्छ । राजनीति दलका नेताहरूले स्वच्छ राजनीतिक आधार निर्माण गर्दै जनताको समस्या पूरा गर्छन भन्नेमा थोरै पनि विश्वास गर्न सकिन्दैन ।
लेखक परिचय
सुनिल आङबो आदिवासी सौन्दर्यशास्त्रलाई मूलधार बनाएर लेख्ने लेखक तथा याक्थुङ लेखक सङ्घ काठमाडौँ उपत्यका समितिका सहसचिव हुन् ।