चन्द्र चापागाईंका रचनाहरू
१. नियती
माथिबाटै सुरु हन्छ
ओरालो बाटो
उक्लिँदा उक्लिँदै ।
२. क्यानभास
रेगिस्तानमा,
सूर्यास्त
एउटा बूढो सिंह
हावामा बत्तिएको धुलोको कण ।
३. निर्वाचन
झ्याप्प छाप हानेपछि
बन्दुक बोकेका फौजीले
जतन साथ जुरुक्क मतपेटिका बोकी हिँडे
छाप हान्ने अलपत्र बुढा बा
बीस ठाउँमा बिसाउदै घर लागे !
४. ऊ आफैँले पुरा गर्नेछ: मनु ब्राजाकीको सम्झनामा
लेख्यो कति कति मनुले गजल
देख्यो जति जति मनुले पल पल
उचालिँदै गयो आकाशिइदै गयो
टेक्यो जति जति मनुले दलदल
अस्ताउने सूर्यको के कुरा भो र ?
छेक्यो जति उती बाल्यो मनुले झलझल ।।
५. मुक्तक
नोबोल्नेहरूको एक जमात छ।
बरु आगो पानीको संवाद छ ।
हजुरबा अपरेसन वार्डमा एक्लै हुँदा
क्लबमा नातीको सोवा क्याबात छ ।।
६. मुक्तक
दोष निर्दोष निर्दोष दोष दाएर हुन्छ
यहाँ जो सहन्छ उही कायर हुन्छ
जुन हजुरआमा अदालत होइन मन्दिर धाउँछिन्
उनको टुहुरो नाती लडाकु होइन सायर हुन्छ ।
चन्द्र चापागाईंका रचनाहरू
लेखक परिचय
साहित्य र कानुनका बिद्यार्थी रहेका चापागाईंले अध्यापन क्षेत्रमा करिब एक दशक बिताएका छन्। अङ्ग्रेजी र नेपाली दुबै भाषामा साहित्य लेखन गर्न रुचाउने चापागाईं साहित्य, कानुन र इतिहासको अध्ययनमा विशेष चाख राख्छन्। उनका अन्य उत्कृष्ट रचनाहरु Blog: aayamdotcom.wordpress.com मा पढ्न सकिन्छ।