नमस्ते
पैसै नपर्ने भए पनि
कष्टै नभए पनि
कतिपय नमस्तेहरू गर्नै मन लाग्दैन
कतिपय नमस्तेहरू फर्काउनै मन लाग्दैन ।
जब नमस्तेहरूमा घमण्ड चढ्छ
आफैलाई मात्र नमस्ते गरिरहुँ लाग्छ ।
सदगुरु प्रवचन र म
प्रवचन सुन्दै गर्दा
सद्गुरूले प्रसाद खाँदै गरे।
मैले गम खाँदै गरेँ।
एक हुल कमिलाले चिनी ओसारिरहे।
एक टोलीगोब्रेकिराले गोबर बटारिरहे।
बथानका चराले गुँड बुनिरहे।
भुन्भुनाउदै मौरीले मह बनाइरहे ।
चिहानघारीमा
मरेपछिकालागि भनी जोडिराखेको एक टुक्रा धर्तिमा
एक जोडी दुम्सीले
लिजमा घर बनाइरहे ।
लेखक परिचय
साहित्य र कानुनका बिद्यार्थी रहेका चापागाईंले अध्यापन क्षेत्रमा करिब एक दशक बिताएका छन्। अङ्ग्रेजी र नेपाली दुबै भाषामा साहित्य लेखन गर्न रुचाउने चापागाईं साहित्य, कानुन र इतिहासको अध्ययनमा विशेष चाख राख्छन्। उनका अन्य उत्कृष्ट रचनाहरु Blog: aayamdotcom.wordpress.com मा पढ्न सकिन्छ।