१. यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा वासु शशी
यस रातलाई सोरेर मुछिदिएँ मैले तिम्रो केशमा
र एउटा यस्तो क्षण उत्पन्न भयो
जब तिमी तिमी रहिनौ, म म रहिनँ
ती म र तिमीको एउटा हामी बन्यो
हामी अर्थात् एउटा आजु जिन्दगीको तेलकासामा
हामी अर्थात् एउटा बिहान पर्वत र आकाशका बीचमा
साउनले एक वर्षा पानीजस्तै
मैले अलिकति आफू तिमीलाई दिएँ
तिमी एउटा नदी बनेर देखापर्यौ
एउटा रातो नदी
र तिम्रो सिउँदमा र मेरो नसामा बग्यौ
मैले विस्तारै गीतहरू बन्द गरेँ
र तिमीलाई सुनेँ
तिमी मेरो छातीमा बज्यौ
मैले तिमीलाई हेरेँ
र सपनाहरू देख्न छाडिदिएँ
ताराहरूकी चाँदनी मैले ताराहरूलाई नै फर्काइदिएँ
फूलहरूलाई मैले तिम्रो गाला हैनन् भनिदिएँ,
मैले वसन्तलाई अब मेरो कोठामा ठाउँ छैन भनिदिएँ
तिमी एउटा साथ र अभिभूत भयौ
सिङ्गै ममा
तिमी, सिरसिरे हावा एउटा रूखमा
तिम्रो साथ, एउटा रूप एक चौटा बादलमा
म तिम्रो ओठमा देखापरेँ
मैले आफ्नो उपस्थितिलाई तिमीमा भेट्टाएँ
मैले तिमीलाई पाएँ
र लौ, यो सारा संसारका प्रति भयाल लगाइदिएँ
२. मेरो रात, मेरा सपनाहरूबाट
मेरो रात, मेरा सपनाहरूबाट
मुक्ति देऊ मलाई !
म केवल सुत्नलाई पल्टेको हुँ
लछार पछार नगर निद्राभित्र मलाई !
म कुनै शिकार खेल्दिनँ
यस वापलाई हटाइदेऊ !
सित्तै गए जाउन मेरो आँखाहरू
निभाइदेऊ यो क्यै देखानपार्ने बत्तीलाई ! वासु शशी
मरीचिकाका विषयमा क्यै भन्नु छैन
प्यासबाट यसकै
छुट्टी देऊ यस मृगलाई !
लहरहरू नहुनु पनि नदीको सौन्दर्य हो
र बिनाछाल पनि बग्छ, बग्छ यो
बग्न देऊ यसलाई !
थाकेको शिर बिसाउनै परे
ढलिदिन्छ यो रूख
एक्लै, बिल्कुल एक्लै उभिन देऊ यसलाई !
हुरी चल्छ, आँधी आउँछ
उड्न देऊ, यो बगर
उड़ाएर बस्छ आफूलाई !
अरू क्यै होइन, अरू क्वै होइन
मुक्ति देऊ आफूबाट
आफूबाट मुक्ति देऊ मलाई !
यो नर्सिसस, यसलाई
यसको छायाँबाट मुक्ति देऊ,
मुक्ति देऊ आफ्नै छायाँबाट मलाई !
३. एउटी वेश्ये चाहिनेजस्तो यो रात
एउटी वेश्ये चाहिनेजस्तो यो रात,.
बुद्धले घर छाड्दाकोजस्तो यो रात
मलाई के हेर्नु छ र मैले यो बत्ती बालिराखेको छु
यो कोही एक्कासि चिच्याएर ल्याउलाजस्तो रात
यो कसैले घाँटी थिच्न आउलाजस्तो रात
आत्महत्या मानिसहरू यस्तै रातमा गर्दा हुन
यो मरीचको पीरोजस्तो रात,
यो सबैले कोठाबाहिर फालिदिएको रात
कदाचित धरतीको आफ्नै स्वभाव-समय रात हो
कदाचित् उपस्थितिको अभिव्यक्ति रात हो,
जडको पनि, जीवको पनि
ए स्वास्नीमान्छे, तिमी कहाँसम्म पुग्न पनि त्यतिकै गाह्रो
तिमी कहाँबाट फर्कन पनि त्यतिकै गाह्रो
यो त्यही गान्होजस्तो रात,
यो तिमीजस्तै रात,
यो मजस्तै रात,
यो तिमी र मको हामीजस्तो रात,
यो आदमले फल खाँदाको जस्तो रात ।
४. आकाशको यत्रो उचाइका लागि
आकाशको यत्रो उचाइका लागि मेरो होचाइ जिम्मेदार छ
जो भुमरीभित्र पर्दा
पानीमा पग्लिएर जान्छ
मानो क्यै’ नक्यै’ यस्तो छ जो केवल आगैआगो हो ।
किन्तु त्यो हिउँ हिउँ भए पनि
म होचो जरूर छु
अवश्य पनि हुनु एउटा कमी हो ।
ऐना त हो, खस्यो टेबुलचाट
र चकनाचूर यस हृदयमा भयो-
जसका सबै टुक्राहरूलाई एउटा बाढले बगाएर लग्यो ।
हुन सक्छ रूपलाई त्यसले सहन नसकेको हो
अथवा हावा चलेको मात्रै
किन्तु त्यहाँ पनि त्यो कमी थियो
र यस चाँदनीको व्यर्थता मैबाट पैदा भएको हो-
जरूर समय एउटा क्रिया हो
किया, जो एउटा कमी हो ।
५. बाटो टुङ्गिन्छ पाइलेपिच्छे
जब मलाई यो बताइयो कि हिँड्नाले मात्रै पुगिँदैन
तब मैले पुग्नुलाई छाडिदिए
र हिँड्नुलाई वरण गरे
त्यस दिनदेखि मेरा यात्रा र जीवन एउटै बने
मलाई थकाई लाग्न छाड्यो
मैले हतारिन छाडे ।
अब मलाई चिन्ता छैन
कि मैले हिँडेको जति सोरेर लगी कसैलाई बुझाउनु छ ।
अब मलाई चिन्ता छैन
कि पर गएर मैले कसैलाई भेट्नु छ ।
जुन ठाउँमा टेक्छु त्यहाँ मेरै मात्र खुट्टा हुनेछ-
आफआफैँमा पर्याप्त अब मेरा जानुहरू
नअड़न पर्ने भए मलाई-
अब छोटा मेरा बाटाहरू ।
अब हिँडन सिद्धिन्छ बाटैपिच्छे
बाटो टुङ्गिन्छ पाइलैपिच्छे ।
६.खोज्दा खोज्दा मैले यो बिर्सेँ
खोज्दा खोज्दै मैले यो बिर्से
कि म के खोजिरहेको छु –
मलाई बत्तीहरू देऊ
मैले आफ्नो स्मृतिलाई देख्नु छ
आफूलाई हेर्नु छ
र यस रातलाई उज्यालो पार्न छ !
जो पाइएन त्यसले
जो छन् ती सबलाई निरर्थक तुल्याइरहेछ !
म सहन सक्तिन
कि म यी मेच-टेबुलहरूमा वितेर जाउँ !
कदाचित् मानिसदेखि पारी जानलाई
म रवाना भएको थिएँ !
मैले जे जति छोएँ
ती सुवर्ण बने !
किन्तु त्यसैले मेरो स्पर्शलाई
बस्तुको उता जान दिएन !
( यी जो जुत्तामा मेरा खुट्टा परे
मलाई धापमा गाडिएजस्तो भयो )
बत्तीहरू देऊ बत्तीहरू देऊ –
गुमसुम यस अँध्यारो-उज्यालो रात जो आई बसेको छ यहाँ
यसमा कदाचित आज त्यो आउने हो
जसको नहुनु ममा उकुसमुकुसाइरहेछ
लौ, पोखरीमा परेको मेरो मायाबाट पनि
म भित्र गएँ –
जरूर म अस्तित्व देखि पर पुग्छु
र त्यसलाई जसलाई मैले बिर्से
म आफ्नो उपस्थिति सुम्पिदिन्छु !
मलाई बत्तीहरू देऊ,
मलाई बत्तीहरू देऊ
७. मेरो निमित्त यो संसार ठूलो छ
मेरो निमित्त यो संसार ठूलो छ
त्यसैले म एउटा घर बनाउँछु ।
यो सानो शरीरले
यत्रो विशालतालाई कसरी सहोस ।
यो एउटा मनले
यतिका सब जनासँग कसरी भ्याओस् ।
मसँग गिदी पनि
यो माथाभरि मात्रै छ ।
र सपना मेरो निद्रादेखि बाहिर जान सक्तैन-
ए उकुसमुकुस, ए उकुसमुकुस
तिमीलाई मृत्यु चाहिन्छ, मृत्यु चाहिन्छ !
किनभने तिमीले आफूबाट क्षमा नपाइ हुन
किनभने तिमीले आफूलाई क्षमा नदिइ हुन
तिमीले आत्म-हत्या गर्नैपर्छ !
तिमीले आत्म-हत्या गर्नैपर्छ ।
८. यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने
यो फूलसँग सम्पर्क एकपल्ट राखे पुग्ने
अधिकार छ भने देऊ
पृथ्वीका प्रत्येक भविष्यलाई
म सपनाबाट औंलाहरूमा उतारिदिनेछु
त्यसपछि न कुनै धोबी हुनेछ न अग्नि परीक्षा
र स्वास्नीमान्छेले लगाएका आलिङ्गनका चूरी
हिरोशिमाहरूमा गएर फुटने छैनन्,
मेरी छोरीले कोठाको रङ्ग कोतर्न आउन पनि यति ढिलो गर्ने छैन
र यो मुटु हानेपिच्छे म वरद होऊ
एउटा दरिद्रता जो, म सहन सक्तिन
त्यो हो लंगुर
एउटा मृत्यु, जसबाट यो तन पीडित हुन्छ,
त्यो हो पर्खाल
मान ए आमा हो,
तिम्रा छोराहरू अनि स्वास्नीले छिनेर नलिने हुन्छन
हरेक जना करङ्गहरूको कैदबाट उम्कने छ-
र त्यसपछि न कुनै व्यापारको जरूरत पर्नेछ
न कुनै व्यवसाय
शेष रहनेछन् केवल क्रियाशीलताहरू, केवल जीवनहरू ।
९. झुसिल्किरे ताराहरू चबाइरहेछन्
झुसिल्किरे ताराहरू चबाइरहेछन
रातका तिमिरे पातहरू !
म अनुभव गरिरहेछु
मलाई भोली बिहानको कुनै जरूरत छैन !
यो धमिलो चन्द्रमा
केही बेर मेरो जुत्ता लगाएर जानेछ !
वर्तमान सिध्दिँदै जानेछ मेरो मुटुबाट
ढुकढुकीहरूमा !
उमेर जतिको धमिरालू अरू क्यै रहेनछ
जेहोस, ज्यादाभन्दा ज्यादा
अरू दश पन्ध्र बर्ष बाँच्नु छ !
किन्तु अहो, यस कुराको पनि दुःख लाग्दैन
शायद रहस्य यो हो
कि अब जिन्दगीको माया लाग्न छोडेक
शायद सत्य यो हो
कि जीवनमा भविष्य भनेको रहेनछ
१०. म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ
म यस रातलाई कोठाभित्र थुनेर राख्न सक्तिनँ
यस टेबुललाई जस्तै, यी बालबच्चालाई जस्तै
यो अवश्य धरतीमा हराएर जानेछ,
मभित्र सुकेर जानेछ ।
चाहे म झलमल्ल उज्यालो पारेर राखूँ
चाहे चिम्झिरहूँ
यो निरपेक्ष मेरो उमेरजस्तै बितेर जानेछ ।
यो बम खसाल्न तयारहरू पनि निदाए कि जस्तो रात,
यो रोगी र भोकाहरू पनि सुते कि जस्तो रात
सम्भवतः जिन्दगी भयमुक्त हुनेछ
यस रातलाई समातेर बचाउन सकिए,
यस अन्धकारलाई सेफमा भरेर राख्न सकिए ।
११. रूख माथि माथि जाँदा जाँदा
रूख माथि माथि जाँदा जाँदा
निहुरन्छ !
माथि गएर सब थोक हेर्ने वासु शशी
उसको इच्छाका
पातहरू फतफति मर्छन् !
जाँदा जाँदा ऊ जान्दछ
कि जान सकिन्न !
इच्छाहरू छउन्जेल रहेका
उसको जिउका
चिल्लापनहरू सुक्दै सुक्दै जान्छन् !
त्यो रूखमुनि बसेर हेर, देखिन्छ :
आकाश खिल्लि उड़ाएर
हाँसी हाँसी उल्टो माथि माथि गैरहेको हुन्छ !
१२. रूख आफ्नो छायालाई
रूख आफ्नो छायालाई नजीकै बिछाएर
उभिरहन्छ !
त्यो उसको अनुकृति हो
त्यसलाई
ऊ हेरिरहन्छ ! वासु शशी
आफ्नो भन्नु पनि त्यही हो
उसको
ऊ त्यसलाई घामपानीकन खपेर पनि बनाइराख्छ !
ऊ हेर्छ कहिलेकाहीँ
यसो हल्लिएर
कि त्यो जीवित छ कि छैन !
अनि आफूसंगसंगै चल्बलाएको देखेर
मन मायाले
ऊ आफ्ना पातहरू ओढाएर त्यसलाई बचाउन खोज्छ !
कतै ढल्नै परे पनि
ऊ
त्यसैलाई गएर ढाक्न पुग्छ !
अनि त ऊ भुत्रै भएर गए पनि
त्यो पनि
उसैको सामु भरिरहन्छ !
१३. रूख एकपल्ट निस्कन्छ धरतीबाट
रूख एक पल्ट निस्कन्छ धरतीबाट
र सदाका लागि बाहिर पर्छ !
पहिले पृथ्वीको भित्री तहलाई सकसक लाग्छ
बाहिर के भइरहेछ हेर्न !
सँगसँगै आफूलाई पनि
सबका बीच लगेर व्यक्त गर्न !
त्यो उत्सुकता उकुसमुकुसाउँछ
भित्रभित्रै कसिएर !
कहिलेकाहीँ खल्बलाउँछ
भुइँचालो बनेर !
त्यसको प्रकट रूप रूख
एक पल्ट देखापर्छ
र एक पल्ट ऊ जो निस्कन्छ
सदाका लागि बाहिर पर्छ !
१४. रूख आफ्नै छायामा
रूख आफ्नै छायामा पनि गएर
सुस्ताउन पाउँदैन !
उ त्यसलाई वर्षाको पनि
छानेको पानीले धुन्छ !
घाममा सुकाएर
पातहरूले पुछी राख्छ !
तर त्यसैमा पनि बसेर
ऊ. आजीवन उभिरहन पर्नुको थकाइ मार्न पाउन्न !
अझ जति जति त्यसको जरूरत बढ्छ
उसलाई उति उति टाढा जान पर्छ त्यसबाट !
तब त ऊ थाल्दछ आफूलाई
ऊ
भकाभक सुकाइदिन !
आफ्नो जरालाई समेत
पृथ्वीदेखि उखेल्न !
जे होस्, उसको सृष्टि नै यस्तो
ऊ पाउँदैन आफ्नै हाँगाहरूमुनि पनि गएर ओत लाग्न !
१५. यो रूख यतिमात्रै होइन
यो रूख यतिमात्रै होइन
जति कि देखापरेको छ !
योसँग आफू सुकेर जाने अवस्था छ
आगामी वसन्त पनि छ !
यसलाई उताबाट हेर
यसको अर्कोर्को आकारलाई हेर !
योसँग दाउरेका दुइ चार छाक छन
आफू नहुनु पनि छ !!
यसको छायालाई केही बेर काखमा उठाऊ
र स्पर्शको कम्पन देऊ !
योसँग आफू हुनुको बोध छ,
हावा लाग्नुको खल्बली पनि छ !
यो रूख यतिमात्रै होइन
जति कि देखापरेको छ !
यसका पातहरू जे खोजेर मर्छन
योसँग तिनका अभाव पनि छ
१६. सबभन्दा एक्लो जीव
सबभन्दा एक्लो जीव रूख हो
जो कसैसित भेटन जाँदैन !
के आफ्नो छायाको मान्द्रो विद्याउँछ
जो उसकै हावाले च्यातिदिन्छ !
अरूहरू उसका कोही छैनन्
ऊ. आफूबाट उडेर जाने चरासित जतिकै निशंग छ !
ऊ मानो केबल एउटा ठाउँ हो
जहाँ वसन्त आफूलाई उपलब्ध गर्न आउँछ !
अथवा समयमात्रै हो
जो जहिले पनि केवल ‘बित्छ’ !
उसका बारेमा सबभन्दा व्यर्थ कुरो हो
साथमा अरू रूख पनि हुनु,
उसका हाँगाहरू भाँचिनु,
अथवा ऊ उम्रदै नउम्रेको हुनु !
क्यै’ नहुनु बरोबर क्वै’ नहुनु बरोबर
ऊ आफूमात्रै छ !
ऊ एकान्तमा छ होइन
ऊ स्वयं एक्लो छ !
१७.पछि जति निहुरन परे पनि
पछि जति निहुरन परे पनि रूख
धरतीलाई छुदैनन ! !
कुतूहलले उठेका थिए यिनी
प्रभात आउने बाटो हेर्न !
हाँगाहरू फैलिएका छन यिनका
किरणहरू संगाल्न !
पात पात छन् प्यासा हेर
आफूमा आकाशको रङ्ग उतार्न !
बतासैमात्रमा पनि उताउलो यिनी अब
आफूलाई मर्मराइदिन !
आफ्नो छायालाई पनि चलाइरहन्छन्
‘उठ्न’ भनी यिनी माथि लैजान !
अब जरासमेत शिर उठाउँछन मोटो देखि यिनका
उँभो उँभोको बादल पिउन !
कि ढाल्ने पर्छ यिनलाई
फेरि पृथ्वीमै पछार्न !
नत्र शिशिरै पनि खप्ने बानी भैसक्यो यिनको
आफूलाई उभ्याइराख्न !
१८. रूख उभिरहन्छ
रूख उभिरहन्छ
निरूपाय
ऊ लाचारीग्रस्त छ !
संपूर्ण आकाश खुला छ
उसका अगाड़ि
किन्तु ऊ उड्न सक्तैन !
आफूजस्ताहरू धेरै भए पनि
आसपासमा
ऊ बहुत एक्लो छ !
कति छन् छोएर हेर्ने वस्तुहरू
उसका वरिपरि
किन्तु ऊ जान सक्तैन !
आफू व्यक्त भएको छायामा पनि
कालो धब्बाबाहेक
ऊ केही देख्दैन !
उसलाई अनुभूत हुन्छन्
धेरै कुराहरू
किन्तु ऊ भन्न सक्तैन !
उसका अङ्ग प्रत्यङ्गहरू मर्छन
बारम्बार
किन्तु ऊ सँगालेर राख्न सक्तैन !
कतै कहालिएर ढल्न परे पनि
ऊ निसहाय
उसलाई कोही सँभाल्न आउँदैन !
१९. मेरो भागको मेरो बिहान
मेरो भागको मेरो बिहान
मैले सित्तै फालिदिएँ ।
दुइजना तरुणीहरू दुइ-दुइ पल्ट मकहाँ आए
मैले उनीहरूको वास्तै गरिनँ ।
यो मेरो मन
मैले यसमा मनपरी कुरा खेलाएँ !
रूखबाट झरिरहेका थिए फतफती पातहरू
मलाई त्यही हेरिरहन मनलाग्यो, हेरिरहे !
मलाई मन परेन-
मैले कुनै पनि बालकलाई कोठाभित्र आउन दिइनँ !
कुनै अखबार पढिनँ, कुनै गीत सुनिनँ
क्यै’ काम गरिनँ !
हिजो अस्ति कमाइरराखेको केही पैसा छ
त्यसैबाट क्यै’ खान्छु !
अथवा यो मेरो पेट
मै यसलाई भोको राख्छु !
मेरो कुनै आग्रह छैन,
मृत्युको कामना पनि गर्दिनँ !
मेरो शरीर यो
यसलाई म जे इच्छा भयो त्यही गर्छु !
मानिसहरू मेरा विषयमा कुरा काट्छन, काटुन
फुर्सतको समय बिताउँछन्, बिताउन !
वास्तवमा आजको बिहान
मेरो निमित्त भएको पनि होइन !
मैले पनि यसलाई सित्तै फालिदिएँ
सो त्यो पनि कसैको विरुध्दैपनि होइन, कसैको निमित्त पनि होइन!
२०. यहाँ यस बस्तीमा
यहाँ यस बस्तीमा श्री जो रूखहरू खड़ा छन्
सो यही भन्छ कि धरती यहाँ पनि बाँकी छैन,
कि प्रकृति यहाँ पनि निथ्रिसकेकी छैन !
र यहाँ पनि यी रूख रूख नै हुन्
सो शायद यही सावित गर्छ वासु शशी वासु शशी वासु शशी वासु शशी
कि यो ठाउँ पनि जंगल बन्न सक्छ !
जे होस, वन छाडेर यी सब
शहर घुम्न आएका छन्
घरबाट भागेका हाम्रा छोरा-छोरीजस्तै !
यहाँ अब यही सम्झिने छ
कि रूख हैनन यी रूखहरू
क्वै’ अर्कै हुन्,
अर्कै, कदाचित् हावा र छायाँका व्यापारीहरू !
२१. यौटा यस्तो फूल चाहिन्छ
हाज त्याग्न सकोस वासु शशी वासु शशी वासु शशी वासु शशी
देवतालाई चढ़ाइएर प्रसाद बन्ने भाग्यलाई
जो त्याग्न सकोस् मालामा गुँथिने रहरलाई,
म त्यस्को रातो सौन्दर्यलाई आँखाले उठाएर लगी
रगतमा घोलिलिनेछु,
मेरो मुटु र नसामा बगाएर मेरो उमेरभरको आयु दिनेछु,
र त्यसले थाहा पाउने छः
एक पल्ट बिरुवामा
फूल दुइ पल्ट फुल्न सक्तछ
अर्को पल्ट मान्छेको मनमा
एउटा नदी चाहिन्छ
बग्न छाडियो भने कुहिनेछु भन्ने डरले मुक्त नदी,
किनारहरूले जोड़िएर अस्तित्व मासिदिन खोजे
तिनका माथि-माथि उत्रने हिम्मत भएको नदी
म त्यसैमा आफूलाई पखाल्नेछु, आफूलाई डुबाउनेछु,
आफूलाई भिजाउनेछु
म आफ्ना स्पर्शको होहल्ला मचाइदिनेछु त्यसको जीउभरि
म आफ्ना स्पर्शको हलचल मचाइदिनेछु त्यसको
अन्तर अन्तरसम्म
म छचल्काइदिनेछु त्यसलाई
पिउनेछु त्यसलाई र परितृप्त हुनेछु
र त्यसले पनि थाहा पाउनेछ कि त्यो पानी हो
र त्यो अरूलाई पनि पानी-पानी बनाउन सक्तछ
अरे, त्यस्तै फूल एउटी स्वास्नीमान्छे हो
स्वास्नीमान्छे, जो केवल स्वास्नीमान्छे हो
र फगत त्यस्तै स्वास्नीमान्छेमात्र लोग्नेमान्छे पाउन सक्तळे
लोग्नेमान्छे, जो लोग्नेमात्रै होइन, मान्छे पनि हो
र त्यस्तै स्वास्नीमान्छेमात्रै त्यस्तो नदी हो
जसलाई सुहागिन भन्न सकिन्छ
अरू सब त बिधुवा हुन बिधुवा
र त्यस्ताको ओछ्यानमा सुत्नेहरू पनि सब विधुरै विधुर
साभारः यस्तो यौटा फूल चाहिन्छबाट
वासु शशी वासु शशी वासु शशी वासु शशी वासु शशी वासु शशी