काठमाडौँ—३२ औँ “अन्तर्राष्ट्रिय कविता महोत्सव” कोलम्बियाको मेडलिन शहरमा आयोजना भइरहेको छ । ९ जुलाई देखि सुरु भएको अन्तराष्ट्रिय स्तरको उक्त कविता महोत्सव ३० जुलाई सम्म हुनेछ ।
‘विश्व शान्ति’,र ‘प्रकृतिसँगको सन्धि’ नारासहित जारी उक्त महोत्सवमा विश्वका १०० देशका १३० कविहरू भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी हुँदैछन् । सन् १९९१ देखि सुरु भएको यस महोत्सवमा हालसम्म करिब १७० देशका १६०० कविहरूले भाग लिइसकेका महोत्सवका आयोजकले बताएका छन् । मेडेलिन महोत्सवलाई श्रोताको संख्या र काव्यिक चहलपहलको हिसाबले पृथ्वीको सबैभन्दा ठूलो महोत्सव मानिन्छ । महोत्सवमा चिराग बाङ्देल, तुलसी दिवश, केशव सिग्देल, मोमिला र सन्तोषकुमार पोखरेललगायतका नेपाली कविहरूको सहभागिता रहनेछ । महोत्सवका निर्देशक फर्नान्डो रेन्डनका अनुसार मेडलिन सहरको जीवन, विश्व शान्ति साथै प्रकृतिसँग शान्ति प्राप्त गर्ने अत्यावश्यकतालाई झल्काउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । केशव सिग्देल केशव सिग्देल केशव सिग्देल केशव सिग्देल केशव सिग्देल