विश्व कविता आन्दोलनको पहिलो ‘एसियाली महासम्मेलन’ २०२३ फेब्रुअरी २५-२६ मा आयोजना हुनेभएको छ । ग्रिनविच मिन टाइम ५:०० बजे सुरु हुने उक्त महासम्मेलन एसियाली कविताको अध्ययन र प्रचार गर्ने, एसियाली कवितालाई विश्व कविता परिप्रेक्षमा चित्रित गर्ने र एसिया महादेशका काव्यिक शक्तिहरूलाई एकताबद्ध गराउने हेतुले आयोजना गरिने भएको हो । काव्यात्मक क्रियाशीलतालाई परिभाषित गर्दै र अन्तरसाँस्कृतिक संवादद्वारा “माइग्रेशन फ्रम डेथ टु लाइफ” मा योगदान पुर्याउनु र अन्यायमा परेकाहरूका लागि वकालत गर्नु सो महासम्मेलनको उद्देश्य रहेको छ । विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन
‘विश्व कविता आनेदोलन’को पहिलो ‘एसियाली महासम्मेलन’मा भाग लिने महादेश र राष्ट्रलाई प्रतिनिधित्व गर्न संयोजकहरूका सूची यस प्रकार रहेका छन्ः
सु जु(चाइना), रती सक्सेना (भारत), केशव सिग्देल (नेपाल), भदिम तेरेखिन (रुस), निगर हसन-जदे (अजरबैजान), क्वाम्रूजमान स्वपन (बंग्लादेश), जिदी मजिआ (चाइना), से यासिन (चिप्रे) कम्रान मिर हजार (हजारिस्तान) नहिद कबिरी (इरान), अब्दुल हदी सदुउन (इराक),केजिरो सुगा (जापन), एली एल एमेरी (जोर्डान), उलुग्वेक एस्दउकेटोभ (कजाकिस्तान), अलटिने तेमिरोभा (किर्जिस्तान), एनटोनी बुउलाड (लेबनान), शिभानी सिभगुरुनथान (मलेसिया), इमदाद आकाश (पाकिस्तान), हनन अवाद (पेलेस्टाइन), मर्रा लनोट (फिलिपिन्स), सल ए जमनन (साउदी अरब), शिरानी राजापाक्से (श्री लङ्का), लिना टिबी (सिरीया), कोशिमोभ अब्दुल्खोर सतरोभिच् (ताजकिस्तान), अदेल खोसम (संयुक्त अरब अमीरात), खोस्यात रुस्तम (उज्बेकिस्तान) मोहम्मद एल-लजी (यमेन) र मइ भन फान (भियतनाम) ।
महादेशीय र राष्ट्रिय संयोजकहरूले काव्यात्मक कार्य, योजना, कार्यक्रम, कविता, र महादेशमा ‘विश्व कविता आन्दोलन’ को उपस्थिति प्रवर्द्धन गर्न सुझाव (हरू) सहित राष्ट्र स्तरका रिपोर्टहरू प्रस्तुत गर्नेछन्।
‘विश्व कविता आन्दोलन’को सम्मेलन भर्चुअल रूपमा हुनेछ । यस सम्मेलनको गतिविधीहरू भेनेजुएलाको विश्व कविता महोत्सव र मेडेलिनको अन्तर्राष्ट्रिय कविता महोत्सवको नेटवर्कहरूद्वारा प्रत्यक्ष प्रसारण गरिनेछन्।
‘विश्व कविता आन्दोलन’, कवि र साहित्यसँग सम्बन्धित संस्थाहरूको विश्वव्यापी संयोजक हो, जसमा १५० राष्ट्रका ३,०००/- भन्दा बढी कविहरू, अन्तर्राष्ट्रिय कविता महोत्सवहरू, शैक्षिक परियोजनाहरू, र वर्लड पोएट्री आन्दोलनसँग समन्वय गरी कविता प्रकाशन गृहहरू समावेश छन्।
यस एशीयाली महासम्मेलनमा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त कविहरूको समेत उपस्थिति रहनेछ ।
विश्व कविता आन्दोलन एशिया समन्वय समिति:
Addresses to access live streaming:
YouTube: https://www.youtube.com/@festivalmundialdepoesia311
Facebook: https://www.facebook.com/profile.php?id=100067027552082
Instagram: https://www.instagram.com/festivaldepoesiavzla
Website: https://festivalmundialdepoesiadevzla.com
Information for journalists:
worldpoetrymovement@gmail.com
Tel and WA: + 57 314 6315097 / + 201 095755602
विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन