(काल-समय,काल-मृत्यु।अनेकार्थी शब्द कालको दुवै अर्थको प्रयोग परिवेश अनुसार कवितामा गरिएको छ।)
तिमीले आफ्नो
महतारीको
काखमा बसेर
जति नै धारा
प्रस्वेद चुहाए पनि
कहिल्यै
जिन्दगीमा उँभो लाग्ने भएनौ
भन्दै
मेरो कष्ट सहन नसकेर
मगजले
घोक्रेठ्याक लगाएर
पारी तिर धकेलिदियो,
उसको धक्कालाई
अपमानित गरेर
पछाडी फर्कन
हिम्मत नै उम्रेन।
जन्मभूमिलाई पराइभूमि
बनाउ सक्दिन
भन्न सक्ने
हिम्मत हराएको पीडामा
तपतप
अश्रु खस्यो,
सायद रुवाइको पहिलो
अध्याय
आरम्भ हुन खोज्दै थियो होला ।
नेत्रको अंगालोमा
अश्रुलाई बेर्दै
पारीतर्फ
उडान भर्न
म तमतयार हुँदै थिए
उता
‘बाबू आमा
को
रुवाइको खण्डले
निकेतन भने चुर्लुम्मै भइसक्यो है
निकेतन बचाउन कै लागी भए पनि त न उड’
भन्दै मेरो मनलाई
बाबुआमाको मनले
पत्र काटिसकेछ ।
बलवान् मगजको आदेश पत्रको
अगाडी त्यो मनले पठाएको पत्र
सुक्ष्म सरी भएछ।
अश्रुलाई च्याप्दै
कल्पना,सपना र विपनालाई
समिश्रण गर्दै
भूतलाई केलाउदै
वर्तमानको समिक्षा गर्दै
र भविष्यत् को मार्ग कोर्दै
हराइरहेको थियो नेत्र
र
सँगसँगै
स्मृति नै स्मृतिले
कोचिएको मुटुलाई
अङ्गालेर
मेरो तन पारी तर्फ उड्दै गर्दा,
मन भने,
म टाढिदा
रुवाइको
नुनिलो रसले
वर्षिरहेको
जन्मभूमि
र त्यहा रहेका
ताल तलैया र झरनाको
वरपर घुमिरहेको थियो ।
भूत
वर्तमान र भविष्यत्
काललाई समिक्षा गर्दै
अश्रुमा डुब्दाडुब्दै,
काल बितेको पत्तो नै भएनछ,
साच्चै,
परिस्थितिसँग यति अनविज्ञ
भइएछु कि
आफैं
टुक्रा-टुक्रा
भएर
बाकसमा सजिएको
आफैंलाई
अत्तोपत्तो भएनछ ।
सायद
म रुवाइ को अध्यायमा
विलय हुँदै गर्दा
कालले
फाइदा उठाएर
काललाई नै निम्तो दिएछ क्यारे।
मेरो काल सकिएको
घण्टी बजेछ
कालले जीवनमा
प्रवेश गरेछ
अनि
कतै केही नौलो
अनि केही फरक
अनुभव हुन थालेछ ।
हिजो अश्रुको वर्षादले
चिसिएको
म माथी
आज कालले
अग्निको
वर्षाद गराइदिएछ क्यारे,
खुब जलिरहेको
महशुस भइरहेको रहेछ।
कालले काललाई
निम्तो गर्यो
जीवनको
अश्रु सकाइदिएछ,
खरानी बनाइदिएछ।
सायद,
काललाई
म पारीको उडान भर्नु
भन्दा अगाडी र भर्नै लाग्दाको
कालमा
भएको
रुवाइको अध्यायले
चित्त दुखेछ क्यारे
त्यसैले त,
रुवाइमा पौडीदै
पारी उडेको मलाई
गन्तव्यमै पुग्न नदिइ
बीचैमा
हरण गरि
रुवाइको अध्यायलाई नै विघटन गराइदिएर
भगवानको मृत्यु आदेश मार्फत
अग्निको कोखमा खसालदिएर
जताबाट गन्तव्य तय गरेको थिए
त्यतै फर्काइदिएछ।
मगजले
जन्मथलोको
रुवाइ पखाल्न
अनि हाम्रो
स्वर्गको टुक्राको
आर्थिक अवस्था बदल्न
रुवाइ भर्सेस कालको
युद्ध गराएर
पारी तिर धकेल्दिएको थियो,
तर
भगवान्को मृत्यु आदेशबाट
कालले प्रवेश गर्यो
र
काल भर्सेस कालको महायुद्ध
चालु भइदियो
जुन महायुद्धको सामु
रुवाइ भर्सेस कालको सामान्य युद्धले
फ्ल्प खाएछ।
रुवाइको अध्याय चल्दाचल्दै
दु:ख सकाएर सुख भित्राउने
आश मात्र के पलाएको थियो,
मृत्यु आदेश
जारी भएछ,
काल सकिएछ,
अनि
कालले नै धुमधामसँग
प्रवेश गरेर
सास नै
हरण गरिदिएछ।
साँच्चै
अजिव नै रहेछ
रुवाइ र दुई पक्षिय कालको सम्बन्ध
र
बलवान् नै रहेछ
काल भर्सेस कालको महासङ्ग्राम।
लेखक परिचय
आयुष बडाल काठमाडौँ विश्वविद्यालयमा स्नातक पहिलो वर्षमा अध्ययनरत छन् ।