शताब्दी अघिका कवि र कविता

‘शताब्दी अघिका कवि र कविता’

यस अघि हामीले सुरु गरेको नेपाली कथाहरूको जरा पहिल्याउने एउटा प्रयास  ‘साठी वर्ष अघिका कथाहरू’ श्रंखला प्रस्तुत गरिसकेपछि प्राप्त भएको प्रतिकृया, यहाँहरूले दिनुभएको चासो, माया र हौसलाले थप उत्साहित का साथै थप जिम्मेवारी बोध समेत गराएको छ । थपिएको उर्जा र जिम्मेवारी बोधलाई अझ सार्थक बनाउने हेतुले आजबाट अर्को नयाँ खोजमूलक श्रंखला ‘शताब्दी अघिका कवि र कविता’ को सुरुवात गरेका छौं । ‘सताब्दी अघिका कवि र कविता’ श्रंखलामा खासगरी एकसय वर्ष पुराना कविहरू जो त्यस समयमा साहित्यको मूलधारमा रहनुभएका साहित्यकारहरू बाहेकका त्यस समयका समकालीन, कम पढिएका र ओजेलमा परेका साहित्यकारहरूको  रचनालाई प्राथमिकता दिएर प्रस्तुत गर्ने जमर्को गरेका छौँ । यस अघि  हामीले जनाएको प्रतिबद्धता  अनुसार पुराना लेखकहरूको सिर्जनालाई खोजी गर्ने र  नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने  कोशिस निरन्तर रहने छ । साहित्य सिर्जनामा अग्रज, समकालीन र नवोदित साहित्यकारहरूबीच सम्बन्ध सेतुको रुपमा उभिने उद्घोष लाई अझ प्रभावकारी बनाउदै लैजाने छौं । यसले   समकालीन साहित्य पढ्ने, साहित्य अनुसन्धान गर्ने साथै साहित्य सिर्जना गर्ने साहित्यकारहरूमा अग्रज साहित्यकारका सिर्जनाहरूसँग जोडिने माध्यमको अभावलाई केही हदसम्म कम गर्ने छ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?