परालको त्यान्द्रो,
गोजिको सलाइ,
पानीको पराइ।
सिसाको खोजीमा म एकल
कहिले खुट्टा तन्काउँदै,
अनि हात पनि
निस्पट र सुनसान मनोरममा
हराएँ,
कराएँ
अनि डराएँ पनि ।
आशा जिवितै राखी
पागल,
घायल
अनि दुलो परेको मन
भुसुक्क निदाएँ,
सपना,
बिपना अनि कल्पनामा मिल्काएर।।।
बोतलको आस गरि,
कठै बरि,
राल चुहाएर,
रक्सिले नुहाएर
बाँच्ने मेरो रहर,
सलाइको काँटीको खोजीमा
भत्काउने,
चिथोर्ने,
जलाउने छु मेरो लास
लेखक परिचय
परियार नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएका छन् । उनी विशेषगरी कविता विद्यामा कलम चलाउने गर्दछन् ।