उचाइ
एउटा अग्लो पहाड
धरातल सम्झिएर
हरेक वर्ष आत्तिँदै हाम फाल्छ उचाइबाट ।
थाहा छैन तिमीलाई पाउने सपना
पहाड झैं उचाइमा लगेर कसले राखिदियो ।
मदानी
आश्वासनका जाली नेति लिएर
स्वार्थमा मदानी मथ्नेहरू
रमाउँछन् झुठा सपनाहरूमा
जो छ्नोट गर्दा प्रतिस्पर्धाको
तैरिने नौनी छोडेर छोक्रा रोज्छन्
लाग्यो डुब्ने वस्तु गह्रौँ हुन्छ
तर थाहा छ एउटा भ्रम ?
तैरिने सबै चिजहरू हलुका हुँदैनन्।
लेखक परिचय
पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत तिमल्सिना छोटा तर चोटिला कविता लेख्ने नवोदित प्रतिभा हुन्।