१. यात्रा
गर्भबाट नाल चुँडिएपछि हो
मान्छेले चन्द्रामा छुने सपना देख्न थालेको
कहाँबाट सिक्यो होला
रुखले पाइलै नचाली
धर्ती र आकाशको सयर गर्न ?
२. सम्बन्ध
सम्बन्ध के हो
तिमी पानीलाई सोध
जसलाई सूर्यका किरणहरूले
स्पर्श मात्र गर्दा
लम्कन्छ उसैमा समाहित हुन
आफ्नो अस्तित्वको पर्वाह नगरी ।
लेखक परिचय
नेपाली साहित्यको युवा पुस्तामाझ खरो रूपमा उत्रिएका नाम हो शुन्यानन्द । उनी विशेष गरी कविता विद्यामा कलम चलाउने गर्दछन् । फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।