सारा संसारमा सन्नाटा छाएको छ
त्यसैले त मौन छन हर-कोहिका सपना।
रोएको छ जगत कसैको ढाडस पाँउ भन्दै
खै किन मानिसहरू गर्दैछन एक अर्काको आलोचना।
सत्य कुरा तितो हुन्छ भन्छन् भन्न त
तर बुझ्दै छु म यो बल्ल आज आएर।
निसास्सिएका छन् ति थुप्रैका सपनाहरू च्यामबरमा जसरी
पुरा नहुँदा रहेछन् तिनै सपना मात्र आफुले चाहेर।
कास पुरा हुँदो हो त…….
मानिसको रूपमा थोर-धेर बद्लाव आइरहेको छ
खै! व्यवहारमा बद्लाव देखिने हो कि होइन।
लकडाउन कहिले सम्म भन्दै प्रताडित हुने हामी
खै! पुरा बन्दा-बन्दि खेप्न सकिने हो कि होइन।
तर पनि आश अझै मरेको छैन है प्रकृती
हामी मानव सदा-सर्बदा आशावादी त हौँ।
पक्कै पनि बन्द भएका ढोका एकदिन निधो खुल्ने छ
अनि सारा जगतले भुल्ने छ ती सपना र खुल्ने छ त्यो तितो यथार्थमा।
लेखक परिचय
नवप्रतिभाका रूपमा उदाएका गैरे कविता लेखनमा सक्रिय छन्।