हिजो
सत्यकै हितमा बोल्दा
मेरा ओठ सिलाइएका थिए
त्यसपछि बोल्न नसक्ने भएको हुँ
आफ्नै आँखाले देखेपछि हत्या,
आँखा फुटाइदिए अधर्मीहरूले
त्यसपछि देख्न नसक्ने भएको हुँ ।
तिमीले असत्यकै जित होस् भनेर
आज फेरि मेरा खुट्टा छिनायौ
र सोच्यौ अब सबै आँट सकियो,
बल सकियो
तिमीलाई थाहा भएन ?
मेरो सबैभन्दा ठुलो तागत, कलम हो ।
लेखक परिचय
पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्ययनरत तिमल्सिना छोटा तर चोटिला कविता लेख्ने नवोदित प्रतिभा हुन्।