एक तिमी छाै एक म छु
एक तिमी छाै एक म छु
जसले समृद्ध नेपालका लागि देखेका
सपनाका साइजहरु ठ्याक्कै उस्तै र उत्रै छन
जस्ता उस्तै र उत्रै छन हाम्रा अभिलाषाका जुत्ताहरु
रास्ट्रहितको
एक अनन्त यात्रामा
म कलम बोकि कुत्दै छु
तिमी आवाज बोकि हिंड्दै छाै
कुनै दिन म परिबर्तनको बन्दुकमा
कविताको बारुद भरुँला
साथी तिमी आवाज बिहिन हरुको आवाज पट्काउनु
मेरो देश दाइजो गोजिमा भरेर
झुमा प्रथाको घुम्टो ओढि
छाउपडि गोठतिर लुसुक्क छिरेको छ
बिन्ती मित्र सभ्यताको पहिलो किरण त्यही गोठसम्म पुर्याईदिनु
म कर्णालीका गाथा लेख्दै गरुँला
हिजो सम्म
दौरा सुरुवाल र ढाँका टोपीमा
सजिएका मेरा दाजुभाइ
रातै पिछे धोतीमा सजिन बाध्य बनेका छन
बिन्ती मित्र मेरो राष्ट्रियता सिमा वारि नै ल्याइदिनु
म रातै पिछे बासस्थान सारिने दसगजाको
पिडा कोर्दै गरुँला
मेरि बहिनी
निर्मलाको इज्जत लुटिँदाको
चिच्चाहटले मेरो मन पोलेको छ
देश लुटिँदाको मौनताले
तिम्रो मन पोल्न जरुरी छ
बिन्ती मित्र यी देश र इज्जत लुट्ने
लुटाईदिने हरुलाई
कडा कानुनको जहर पिलाईदिनु
म लाचार दाजु गणतन्त्र महसुस गर्दै गरुँला
ओई साथी याद राख है
राष्ट्रियताको कोदालो लिएर
समृद्धिको गोरेटो कोर्ने केही कमै
कामदार मात्र भेटिन्छन
तर कहिल्यै नबिर्सनु है
एक तिमी छाै एक म छु
लेखक परिचय
सुर्खेत जिल्लाका आचार्य निकै रुचाइएका युवाकवि मानिन्छन्।