कसरी बिर्सनु तिमीलाई?
कसरी बिर्सनु तिमीलाई?
कसरी बिर्सनु तिम्रा ती नयनहरू
जसले मलाई मायालु नजरले हेर्ने गर्थे
कसरी बिर्सनु तिम्रा ती ओठहरू
जसले मलाई मायाले चुम्ने गर्थे
कसरी बिर्सनु तिम्रा ती स्पर्शहरु
जसले मेरो मनको ढुकढुकि बढाउने गर्थेँ
कसरी बिर्सनु तिम्रो त्यो मुहार
जसलाई देखेर म सधैँ रमाउने गर्थेँ
तिमी भन्छौ “बिर्सिदेउ मलाई”
कसरी बिर्सनु तिमिलाई?
कसरी बिर्सनु तिमीलाई
जसलाई म आफ्नो संसार मान्ने गर्थेँ
लेखक परिचय
नव प्रतिभाको रुपमा उदाएका श्रेष्ठ कथा र कविता लेखनमा विशेष रुचि राख्छन्।