सुशान्त थापा
कविता मिलाउदै गर्दा
जिन्दगी पनि मिल्यो,
शब्दले पनि साथ दियो ।
विपनामा देखेको सपनाबाट
कसरी पो म बिंँउझन सक्छु र ?
कहिले सपना पुरा भएको आभास
शब्दमा जिन्दगीले दियो ।
फरक नजरले हेरेँ भनेँ
कहिले,
कहिले फरक नजरले हेरेँ भनेँ
नमिलेको शब्द हटाउन सक्छु
जीवनको बुझाइबाट आफुलाई
अझ गहिराइमा पुर्याउन सक्छु ।
सायद भविस्यले लेख्ने कविता आजै लेख्न सक्छु ।
लेखक परिचय
सुशान्त थापाले भारतको जवाहरलाल नेहरु विश्वविध्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी नेपाली साथै अङ्ग्रेजी कविताहरू लेख्न मन पराँउछन् । उनको अङ्ग्रेजी कविता सँग्रह The Poetic Burden and Other Poems प्रकाशित भइसकेको छ ।
प्रतिक्रियाहरु 1