मेरो मालिकले शाेरुमबाट निकाल्दा
अस्तित्व सहितकाे स्वतन्त्रता
महशुस भएकाे हाे पहिलाेपटक ।
गुँडबाट भर्खरै उडान भरेकाे
पन्छी झैं उन्मादी र चन्चलतापुर्ण;
एक निर्जीव तर पेट्राेलयुक्त प्राणीको
राेमान्चक यात्राको सुरुवात,
म बन्धनमा थिएँ तर म गुड्दै थिएँ;
म कसैकाे अधिनमा थिएँ, तर उसैकाे आँगनमा थिएँ ।
मान्छेले आफ्नाे कल्पनालाई
कैयौंपटक मेसिनमा पेलेपछि
निश्चित गरिएकाे हो मेराे आकार;
तिमिले पुर्यायौ प्रतिस्पर्धाकाे बजारमा
र सामेल गरायौ मानव व्यवहारमा ।
याे यात्रामा व्यवहार पढ्दै जादाँ,
देखियो धनी मान्छे, बडेमान घरका गेटहरू,
अनि छाला उध्रेका गरिबहरू – छाप्राे उध्रेका घरधुरी ।
घुम्दै जाँदा, गुड्दै जाँदा
पढियाे महंगी बजारकाे मेनुकार्ड,
छाेराछाेरीकाे नयाँ लुगाको रहर ।
देखियाे कसैकाे हराभरा बारी त
कसैकाे बलाैटे बगर ।
स्कुल शुल्कको चापदेखि सरकारी कर
र सदैव आजित मेराे मालिककाे मुहार,
तर पनि जिन्दगी बेहतरिन थियाे
कमसेकम यात्रा जाे चलिरहेकाे थियाे ।
तर याे यात्रा बिचमै राेकियाे
आजै तिमि आयौ, खन्यायौ मट्टीतेल
आगाे लगाएर मलाई गर्यौ जुलुस –
महान क्रान्ति – जिन्दावाद !
के यत्ति नै हाे तिम्रो भाषाकाे बिद्रोह
गरिबकै सम्पत्ति जलाउनु पर्ने बिद्रोह ?
तिमिले जलायाै निर्जीव बस्तु ?
हैन तिमिले जलायाै आफ्नै सपना,
आफ्नै सृजना, आफ्नै एक सन्तान ।
गाँसकाे सम्भावना,
बास बस्ने ठेगान,
स्कुल शुल्ककाे भरोसा,
सारी चाेलीकाे आश,
जीवनयापनकाे आधार
तिमिले बालेकाे बिद्रोहकाे आगोमा
हरेक पटक जलायाै गरिबकाे मन
ए, बिद्रोही मान्छे! कहिल्यै साेचेका छाै ?
याे जलिरहेकाे मनले
कुनै दिन मट्टीतेल भेटायाे भने !!!
निभ्ने छैन बदलाकाे डढेलाे
संसार जलेर खरानी नहुन्जेलसम्म
त्यसैले;
तिमि हिँडेकाे बाटाे प्रतिगमन देख्छु म त ।
लेखक परिचय
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका खड्का गजल र कविता लेखनमा नवीन प्रतिभा भएर उदाएका छन्।