आशुकवि शम्भुप्रसाद ढुंगेल –
देखेर सर्कस पनी बुझी इन्द्रजाल ।
मानीस मूर्ख हुन गै राछन् हवाल ।।
बुद्धि पुर्याउन सकेन जसै विचारी ।
भन्छन् छ शक्त्ति शिवको भनि दोष टारी ।।१।।
हा दैव! हामीहरूमा किन ये विचार ।
हे दैव!! हामीहरूलाई तिमी सपार ।।
यो जिन्दगी सहजमै बिति जान लाग्यो ।
भारी भएर जिउले जिउ खान लाग्यो।।२।।
विश्वास एक रति छैन कही कसैमा।
विधा प्रचारहरू शून्य भइ सबैमा ।
इच्छा मुताविक गरी जान अल्छि काम।
आफै बिगारी रहनेछन लोकनाम ।।३।।
आँखाभरि मरि मरि गरी हेरी काज।
यो ता असत्य कहने हुन गै समाज।।
उधोग काम गर्नु पनि व्यर्थ जाने।
छौं हामी ता फगत भात बसेर खाने।।४।।
शब्दसाेपानको नयाँ खाेजमूलक अंक ‘शताब्दी अघिका कवि र कविता’काे दाेस्रो अंकमा आशुकवि शम्भु प्रसाद ढुंगेलकाे कविता ‘सर्कस बर्णन’लाई प्रस्तुत गरेका छाैं ।
लेखक परिचय
शम्भूप्रसाद ढुंगेल (१९४६-१९८६) नेपाली भाषामा 'आशु कवि'का रूपमा चिनिन्छन्। धाराप्रवाहमा कविता लेख्न सक्ने भएकाले उनले यो उपाधि पाएका हुन्। यिनले गीतका साथसाथै धेरै गजल हरू पनि लेखेका छन्। उनी मोतिराम भट्ट भन्दा पछिका र लेखनाथ पौड्याल भन्दा अघि का कवि का रूपमा चिनिन्छ ।