ग्रेटा राणागोस्ट्स इन द ब्याम्बो
प्रसिद्ध अंग्रेजीभाषी उपन्यासकार ग्रेटा राणाको उपन्यास गोस्ट्स इन द ब्याम्बो सार्वजनिक भएको छ । ललितपुरस्थित होटेल शालिग्राममा आयोजित कार्यक्रममा डा. हेमाङ्ग दीक्षित, डा. मधु घिमिरे र लेखक राणाले उपन्यास लोकार्पण गरेका हुन् । उपन्यासका बारेका लेखक तथा अनुवादक सगुना शाहले लेखकको निजी जिन्दगीसँग मिल्दाजुल्दा पात्र एलिनोर किटिभेनी मुख्य पात्रले लापालिस्तान काल्पनिक शहरको मानवीय जीवनको वर्णन गरेको र काल्पनिक कथालाई मौलिक कथा जस्तो शैलीमा बुनिएकाले उपन्यास पठानीय रहेको बताइन् । उनले भनिन्, “भाषिक प्रयोग र लेखकको व्यंग्यात्मक ह्युमरस पुस्तकको अझै बलियो पकड हो ।” संचारकर्मी चिराग बाङ्देलले लेखक ग्रेटाको बारेमा बताएका थिए । डा. हेमाङ्ग दीक्षित र डा. मधु घिमिरेले लेखकको संघर्षकालका संस्मरण सुनाएका थिए । लोकार्पणमा बोल्दै लेखक ग्रेटा राणाले उपन्यास प्रकाशक, सम्पादक र पाठकप्रति आभार व्यक्त गरिन् र आफ्ना अघिल्ला पुस्तकले जस्तै पाठकको माया पाउने अपेक्षा रहेको बताइन् । बुक हिलले प्रकाशन गरेको ३२० पेजको उपन्यासको मूल्य ५५५ रहेको छ । उपन्यास अमेजन डट कम, थुप्रै डट कम, किताब यात्रा डट कम र बुक हिलकै इ प्ल्याटफर्मबाट उपलब्ध हुनुका साथै देशभरका पुस्तक पसलबाट खरिद गर्न सकिनेछ । ग्रेटा राणागोस्ट्स इन द ब्याम्बो