‘आउंछु छिट्टै’ भन्दै
हल्लाउँदै हात
‘रुनु हुँदैन’ भन्दै
आफैं सुक्सुकाउँदै
हृदयमा लुक्ने
आँशुको तलाउमा
नुहाएको मुस्कान
टाँगेर ओठमा
अथवा
विनाकुनै चिठी/सन्देश,
नमाझी जुठा भाँडा,
राखी खुल्लै
घरको दैलो,
चुपचाप,
केही नभनी
जान्छन्
जानेहरु
छोडेर
असंख्य प्रश्न
बस्नेहरुका मनमा
अनि
आउँदैनन्
जवाफ दिन
फर्किएर कहिल्यै
कहिल्यै
जवाफ नआउने प्रश्नहरु
कत्ति तिखा हुन्छन्
उनीहरुलाई अनुमान मात्र भैदिए…
लेखक परिचय
साहित्यका विभिन्न विद्याहरूमा कलम चलाउने नविन प्राचिन युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा चिनिने गर्दछन् । 'उभिएर एक्लै' कविता संग्रह उनको प्रकाशित कृति हो।
😥😥