प्रिया सुनुवारका दुई कविता
१. सायद
सायद कथा यो हैन सुनौलो अन्त्यको
जसमा खुसी छौँ म र तिमी
कथा यो सायद हैन पूरा भएका सपनाहरूका
ती त अझै बाँकी छन् बन्दकी ।
सायद म गलत थिएँ तिमीलाई अपनाउन
या सायद हाम्रो बीचमा आउने यो संसार गलत थियो
तर तिमी हौ एउटा सुन्दर सङ्गलो मूर्ति चोक चोकमा ठडिएझै
जसबाट गल्ती त के
एउटा सानो भूल पनि सम्भव छैन
तर देवताको दर्जा भने दिन्न म तिमीलाई
त्यति मूर्ख म छैन् ।
सायद लाचार छौँ अहम् टुट्ला कि भन्ने डरले
खै? दोष कसलाई दिने
सबै सहि लाग्छ आफ्नो दृष्टिमा त
लाग्छ कि मैले जस्तो माया कसैले गर्दैन् तिमीलाई
र लाग्छ कि तिमीले जस्तो चोट पनि कसैले दिदैँन् मलाई
सायद तिमीलाई पनि यस्तै लाग्दो हो
जब माया गर्ने आँखामा माया देखिन छोड्छ
जब आफ्नो भन्न पनि हिचकिचाउनि पर्छ
त्यसैले त त्यतिको रिस पनि उठ्दो होला
त्यसैले त यो संसार फिक्का भएको होला ।
सायद, तिमीलाई पनि यस्तै यस्तै लाग्दो हो ।
प्रिया सुनुवारका दुई कविता
२. अनि आफैँलाई पनि
सुनेको थिएँ टुक्रेको छौ तिमी
तिम्रो इच्छा आकांक्षा सबै मरिसके
सुनेको थिए अब छैन् आशा बाँकी
खै कता हो कता उढेर भागिसके
यो विशाल सागरमा एक्लो पाउछौ रे आफूलाई
दुःख र वेदनामात्र तिम्रो मित्र
संसारबाट भरोसा तिम्रो उठिसक्यो रे
कहाली लाग्दो देक्छौ रे आफ्नै चित्र
माया अमूल्य छ
जसलाई तिमी निर्ममता साथ बाँडिरहेछौ
खोक्रो मुटुहरूलाई जोड्ने प्रयासमा
आफ्नो अस्तित्व गुमाईरहेछौ
सुनेको थिएँ संसार फिक्का छ रे तिम्रो आजकल
इन्द्रेणी पनि कालो बादलले ढाक्या छ रे
सुनेको थिए अब छैन् चहाना बाँकी
हरेस खाई बित्दैछन् रे तिम्रो दिनहरू
म त के नै भन्न सक्छु र?
आफैँलाई नै सम्हाल्न गाह्रो हुदैछ
तै पनि एउटा सानो बिन्ती
कृपया त्यो टुक्रेको मुटु सम्हाल;
अनि आफैँलाई पनि ।
लेखक परिचय
पेशाले कंटेंट राइटिंग गर्ने प्रिया सुनुवार आफ्नो अन्तरमनको आवाजहरू अभिव्यक्त गर्न कविता लेख्ने गर्छिन् ।