प्रचण्ड भाष्करका तीन कविता उनी
व्याकरणले “उनी”लाई
कहिले आदर गर्यो
कहिले तृतीय पुरुषसँग जोड्यो
र दिँदै हिँड्यो सर्वनामको उपमा
प्रेममा परेर व्याकरण बिर्सेको “मैले”
“उनी”लाई सदैव विशेषणको रूपमा मात्र देखेँ ।
चुनाव
मान्छे घर,जग्गा बेच्दा
बडो सचेत भएर लगाउँछ
कागजातमा दायाँ बायाँ औँठाछाप
तर, उही मान्छे दायाँ बायाँ केही नसोची
बेचिदिन्छ एउटै औँठोमा आफ्नो स्वतन्त्रता ।
परिस्थिति
बेला बेला
बुवाले नै किनिदिनु हुन्छ
छोराको लागि जुत्ता र चप्पल
एउटा कारण यो पनि होचण्ड भाष्क
छोरा आफ्नो खुट्टामा उभिन नसक्नुको । प्रचण्ड भाष्करका तीन कविता
लेखक परिचय
कञ्चनपुरका कवि प्रचण्ड भाष्कर विशेष गरी छोटा कविता लेख्न रुचाउँछन् । उनी नेपाली साहित्य क्षेत्रमा नवोदित प्रतिभा हुन् ।