प्रत्येक वर्ष चैत्र ३० गते स्रष्टा सम्मान गर्दै आएको ‘स्रष्टा, चैत्र ३०’ ले लोकतन्त्रका लागि योगदान पुर्याउने विशिष्ट लोकतान्त्रिक स्रष्टाका रूपमा साहित्यकारद्वय कृष्ण धरावासी र शार्दुल भट्टराई सम्मानित गर्ने भएको छ । लोकतन्त्रको पक्षमा वैचारिक बहस, चिन्तन र लेखनका साथै मात्र भौतिक रूपमा उपस्थिति समेत भएर स्रष्टाहरूले दिएको उल्लेख्य योगदानलाई कदर गर्दै यो सम्मान प्रदान गरिन्छ । एक विज्ञप्ति जारी गर्दै स्रष्टा सम्मान २०७७ साहित्यकारद्वय कृष्ण धरावासी र शार्दूल भट्टराईलाई प्रदान गर्ने घोषणा गरिएको छ । कोरोना कहरका कारण सम्मान गर्न कठिनाइ भएकाले औपचारिक कार्यक्रम भने अवस्था अनुकूल भएपछि गर्ने बताएको छ ।
सो विज्ञप्तिमा ‘प्रत्येक वर्ष चैत्र ३० गतेका दिन लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा नेपाली जनताले देखाएको अद्वितीय संघर्ष र वलिदानको ‘स्रष्टा, चैत्र ३०’ ले स्मरण गर्दै आएको छ । सोही समयमा वैचारिक बहस, चिन्तन, र लेखनले मात्र नभएर भौतिक उपस्थितिको रूपमा समेत स्रष्टाहरूले दिएको उल्लेख्य योगदानलाई पनि स्मरण गरिआएको छ । स्रष्टा आन्दोलनलाई निरन्तरता, सबै किसिमका निरङ्कुशता र शोषणका विरूद्ध सङ्घर्ष, प्रत्येक नागरिकको पहिचान र मर्यादा हुने समाजको निर्माण, समाजलाई अग्रगमन र परिवर्तनको दिशा प्रदान, स्रष्टाहरूको नयाँ भूमिकाको खोजी, सिर्जनात्मक वैचारिकता, र, स्रष्टा आन्दोलनको अभिलेखीकरण जस्ता पक्षमाथि छलफल र बहस पनि गर्दै आएको छ ।’ भनिएको छ । ‘,