निशेष आङदेम्बे हिकिकि बाजे र देश
हिकिकिकि आवाजमा
दलिनबाट खुर्पा निकाल्छन्
धुँवाले चिमचिम आँखा लिएर आँगनमा उभिन्छन्
निहुरिन वा उठ्न खोज्दा
हमेसा भारमा निधार ठोकिइरहन्छ
उसो त गर्भबाटै ठोक्किएको भाग्य जो छ
आफैँले झुन्ड्याएको जाबो भारमा
ठोक्किएर के पो हुन्थ्यो र ?
हरेक बिहान
देब्रे हातमा खुर्पा लिएर
बाँसझ्याङ ओर्लन्छन् ।
वर्षेनी आकाश छेँड्छु झैँ उम्रिएको
अहम्जस्तो बाँसझ्याङलाई खिरिप्प बटारेर
सपनाजस्तो सुन्दर
मान्द्रो बुन्छन्,
ढाकर बुन्छन्
पेरूङ्गो बुन्छन्
र प्रकृतिजस्तो आफैँ फुरुङ्ग हुन्छन् ।
हरेक मध्यान्ह
वर्षेनी लास उचाल्छु झैँ
फैलिएका हरिया बाँसझ्याङलाई,
कर्दाले चिराचिरा च्यातेर,
सुन्दर थुन्चे बुन्छन्,
सुन्दर डोको
र धोक्रो बुन्छन् ।
जहाँ जीवन अटाएको छ
जहाँ जगत अटाएको छ
समग्र अस्तित्व अटाएको छ ।
कति बाँसझ्याङहरू बदलिसके ।
कति राज्य ब्यवस्थाहरू बदलिसके ।
पटकपटक बदलिएका ब्यवस्थाहरूले
न उसलाई बोलाउन सक्यो ।
न उसलाई मानिस देख्न सक्यो ।
न उसका अावाज सुन्न सक्यो
हर्कजङ होइन, उसलाई लाटो भनेर चिन्छन्
र पनि उनलाई
न कोही व्यक्तिसँग रिस छ,
न कुनै व्यवस्थासँग गुनासो छ ।
वर्षौँ दुःखहरू केलाएका छन् श्रमहरू रोपेका छन्
सारा संसारलाई समान देख्छन्
सम्पुर्ण प्रश्न, जिज्ञासा र उत्तरहरू
भन्नु नै हिकिकिकि.. आवाज हो ।
सोचिरहेछु
इमान्दारीता, मिहेनतसाथ उनले
थुन्चे, डोको, फुर्लङ बुने झैँ
हिकिकिकि बाजेजति मात्र इमान भएका शासकहरूले
यो देशलाई बुनेको भए ?
हिकिकि थेत्थे नु लाजे
हिकिकि लÕर
निन्दाल्लोनु वाफेइ्न लत्तु ।
मिखुःमाल्ले कुमिक्कीन सिमसिम मेत्तुर,
लक्खुम्मोओ येप ।
युङसीङ्मा पोक्मा थाप्मा
कात्लाङमो तेःवाबान तोक ।
हेक्के ग साक्पोक सिगाङसा केदोक्पा कन््् तोवाबान्
आबाङे फोन्नाबा स्यामा काल्लाङमो
तोक्काङ थे मु पोङबे ?
तान्छो थाप्मा
फेन्छाङ हुक्कोओ वाफेःइन याङसिङ्ङाङ्
फाबुङमो यो थासीङ पेक् ।
तङबेथप्म ताङसाङ हङघुङ लरिक केलिङबा
आङदीङ हेक्केदम्बा फाबुङमाहा
खिरीप् लिबुसिआङ
सेप्माङ हेक्केदम्बा पनुःनुबा
लोम्भेत्था फयुसी
धाकारहा फयुसी,
चेप्फा फयुसी,
हेनु आबाङे, नामलाबा हेक्के मुयेङ एत् ।
नाम्मीन तुम्ल पेकिल्ले
तङबे थाप्मा चे हाः पक्खुङ्सीङ लÕर
सरेयारी केबोम्बार केबप्पा फाबुङमाहा,
कार्दाल्ले चिरीङ चिरीङ थेक्खुसीआङ
पनुनुबा लुम्भो फयुसी,
पनुनुबा साप्पो फयुरी,
हेनु थक्स्यामा फयुसी ।
पाहेओ हीङमनहा हत्तुसीआङ याक
पाहेओ इंक्सा खााम्बेक् हत्तुसीआङ याक्
हायाक मि»सो हत्तुसीआङ याक ।
आक्खेन फाबुङमाहा लेक्तु मान्दुसी
आक्खेन लाजेरे तङजेमहा लेक्तु मान्दुसी,
एल्लेङ एल्लेङ केलेक्सीबा कन तङजेम्हाःरे
ना हुने पान् साप्मा मेसुक्तु ।
ना हुने याप्मी निमा मेसुक्तु ।
ना हुने कुबान खेम्मा मेसुक्तु ।
हर्कजङ मेन, हुने केबा लरीक कुसीङ मेनित्तु ।
कर साङ खुने
ना आत्तीन याप्मीनु कसीक तुक्मा वा
ना लाजेःरे तङजेम्नु कुसीक तुक्मा वा ।
तङबे तङबे इनोगेन् तुखेहा साक्तुसीआवा
चोःक्कियाहाः लेत्तुसीआ» वा
इक्सा खाम्बेक हायाक कुदङबा निसुसी
खुने हायाक सेन्दो, सेन्नुक्, ताःजेङ कुबाप्माए
हिकिकि रÕक ।
ईत्छीङ्ङाआ,
हेन्दम्बा ईनो तुखे नु सोरीक फयुसीबा
लुम्भो, साप्पोहा इसीक
हिकिकि थेत्थे फरिक्लक् चाथी केगप्पा हाङजोक्पारे
कन लाजेबा तङजेम्हाः मेभयुबा पोखेल्ले ? निशेष आङदेम्बे
निशेष आङदेम्बे
लेखक परिचय
शिक्षा र सञ्चार क्षेत्रमा कार्यरत निशेष आङदेम्बे हाल ललितपुरमा बस्छन् । राजनीति शास्त्रमा स्नातकोत्तर र एम.सी.ए. (मास्टर अफ कम्प्युटर एप्लिकेशन) अध्ययन गरेका उनी साहित्य लेखनमा पनि रूचि राख्छन् ।