ममता पंत मिश्र ममता पंत मिश्र
म भत्किए,
म टुक्रिए ,
आउ सम्हाल मलाई।
तिम्रो स्पर्श मात्रले पनि
जाग्छ मेरा रहरहरू,
म सम्हालिन्छु फेरी
एक सिंगो ‘म’ भएर।
म मौन भैइ
मौनतामा हराउछु,
खोज
अनि भेट मलाई ,
त्यो शून्यतामा।
उघारेर मनका आखाँहरू
कैद गर मलाई,
दिलको परिधिमा।
तिम्रो बन्ध आँखाहरूमा
भेट मेरा तस्बिरहरू।
ति निस्वशहरूमा
सुन मेरा सुस्केराहरू।
मुटुमा माया हुन्छ,
जगाएर हेर।
अहंकारको प्यालालाई,
पोखाएर हेर।
अनि पाउने छौ जहाँतहीँ
तिमी मलाई।
तिम्रा निस्वासहरूमा,
कल्पनामा,
सपनामा।
जहाँतहीँ हुन्छु म ,
तिम्रो मन
अनि मस्तिष्कमा।
सम्हालेर राख मलाई
तिम्रो दिलको परिधिमा।
अनि भेट तिमी मलाई ,
त्यो दिलको शून्यतामा।
लेखक परिचय
बौद्ध, काठमाडौँमा जन्मिएकी ममता पंत मिश्र, सानै उमेर देखि साहित्यप्रति लगाव रहेको बताउँछिन । नौं वर्ष मै आफ्नो पहिलो रचना (कविता) गोरखापत्रमा छपाइसकेकी मिश्रको लेख, रचना मधुपर्क, रचना, र अभिव्यक्ति आदि जस्ता पत्रपत्रिकामा प्रशस्त छापिसकेका छन् । हाल, अष्ट्रेलियामा बसोबास गर्दै आइरहेकी मिश्र प्रवासमा पनि उत्तिकै सृजनशील छिन ।