भन्छन् एक्लोपन डर लाग्दो हुन्छ रे ।
कालो; कहाली लाग्दो
अँध्यारोले ढाकेर अन्धकार मचि्चएको
सुनसान; मौनता फिजिएको
गहिरो निद्रामा डुबेजस्तै ।
भन्छन् एक्लोपन कसैको मित्र हुन्न रे ।
शत्रु; अविश्वसनीय
असत्यले भरिएर शंका फैलिएको
दुष्ट; दु:खले घेरिएको
असंख्य ऋणमा फसेजस्तै ।
म र मेरो एकान्त ।
हामी त दुई घनिष्ट मित्र
ऊ मेरो पिडा बुझ्छ, म उसको अस्तित्व
म उसको महत्व बुझ्छु, ऊ मेरो बाध्यता ।
आँसु खस्दा मेरा आँखाबाट साथमा मेरो ऊ नै त हुन्छ ।
चोट लाग्दा मुटुभित्र सम्हाल्न मलाई उसैको त हात बढ्छ
अब कसरी शत्रुको दर्जा दिनु उसलाई ?
जब कोही नहुँदा एकान्त नै मेरो आफ्नो हुन्छ ।
लेखक परिचय
पेशाले कंटेंट राइटिंग गर्ने प्रिया सुनुवार आफ्नो अन्तरमनको आवाजहरू अभिव्यक्त गर्न कविता लेख्ने गर्छिन् ।
💖💖