१. प्रजनन
एकबाट दुई
दुईबाट चार
चारबाट
छ, आठ
आदि आदि ।
गन्तीमा
अनन्त बढोत्तरी ।
गुणा
र
जोडको संगम
सृष्टिको
नयाँ आयाम
मौलिकताले खिप्नेको ।
भाग बण्डारहित
गुणा र जोड
समागममा जुटेको
अनन्त बढोत्तरी ।
मौलिकताले खिप्नेको
सृष्टिको नयाँ आयाम ।
Breeding
Multiplication And Addition
Of 1×2, 1+2
Or 2×2
Adding Multiplying 6 Or 8
Simultaneously
Counting In
Increasing Numbers
Addition And Multiplication
Meets Together
To Form
A Label
Or Levels Of Correspondence
Is A Basics Of Fundamental
In A Creativity
Where Increasing Numbers
Rise Up To
The Continuity Of Infinity
With Or Within
Increasing
Multiplication And Addition.
२. यत्रतत्र सर्वत्र
ज्यानको
मोल बोकेर
बारीबाट उठेको
अन्न, फलफूल तरकारीहरू ।
गोदामदेखि हाटघरसम्म
हाटघरदेखि भान्सा कोठासम्म
यात्रा तय
गरेर आइपुग्छन्
थकित थकित
चकित भएर ।
यत्रतत्र सर्वत्र छरिएर
अन्न फलफूल तरकारीहरू ।
यसरी छरिएका हुन्छन्
मानौँ
४,५ वर्षको शिशुले
आफैँ माम खान सिक्दै गर्दा
थालीबाट माम छर्छन् ।
यत्रतत्र सर्वत्र
छर्छन्, छरिन्छन्
अन्न फलफूल तरकारीहरु ।।
Scattered Foods, Fruits And Vegetables
Valuable Value
Of Lives.
Carried
By The Travel
And Gravel Of
Foods, Fruits And Vegetables.
That Wakes From
The Orchards.
Travel Towards Godown,
Haat Bazars,
And Return
Back To The Kitchen
Are Scattered On The Floors,
Wholesome
Like
The 3/4-Year-Old Babies
Scatter
The Mount Of Rice
From Plates
While Practicing To Eat.
बिपिन तिवारी बिपिन तिवारी बिपिन तिवारी
लेखक परिचय
सिक्किम, भारतका बिपिन तिवारी धेरैजसो कविता लेख्न रुचाउँछन् । उनी शिक्षण क्षेत्रसँग पनि संलग्न छन् ।