ईश्वरले दु:ख गरेर
बनाएको म
ईश्वरसँग रिसाएर
आफैले आफूमा प्राण भरेँ ।
नत्रभए आफ्नो सृजना बिगार्न कसलाई रहर हुन्छ र ?
म यति सुन्दर हुने अधिकार छैन ।
जब कि समाजले दिएको कुरूप अनुहारमा
दृष्टीविहीनको आँखा बनेर रसाएकी
मेरी साथी
पचासको उमेर कट्दा पनि
उसले चाहेजति अरुलाई खुसी दिन पाएकी छैन ।
यहाँ फूलबुट्टे गमलाको बुट्टा
फूलसँग रिस राख्छ ।
तर म पिरो खुर्सानी हुनपर्छ ।
पर आकाशको तारा विवस छ
म अन्धकारको पाखुरा बन्न
आँखामा लमतन्न गाजल पुछेर
डाक्टरको स्थेथेस्कोप बन्नुपर्छ ।
कहिले भंगुर सुन्दर लाग्नपर्छ
समानता सिकाउन ।
मलाई बच्चाको पुटुक्क भुँडी र गमक्क अनुहार बुद्ध लाग्नुपर्छ ।
ऐना लुकाउन टाँगिएको पर्दा
छोडेर हिटलर भाग्नपर्छ ।
म ओछ्यानमा रङ्ग रोप्न चाहन्छु ।
मध्य सरदमा सपना बिउँझाएर
टेबलमा लस्किन लाग्नपर्छ ।
भित्तामा स्वर्गकी परी झरुन्
आफ्नो जीवनबाट निरास भएर
जादुको छडी नवमा पारुन्
परे, पार्श्वअघि सरेर अमर बन्नपर्छ ।
म ट्युबलाइटको प्रकाश ओडेर सुत्ने भाग्यमानी
मेरी साथी
रमझम पानीमा कसैलाई अन्धकार ओढ्न नपरोस् भनेर
खर दिन्छिन् ।
उनले दिएको चिसो खरमा
आगोको रतौली नलागोस् ।
म पनि उनीजस्तै
सडकको फलाममा लिपिस्टिक दलेर
पानी र अक्सिजन दुई किनार बनाउन चाहन्छु
सजिलो छ प्राण भर्न ।
लेखक परिचय
कवि बिनोद ढकाल धुलिखेल अस्पतालका डाक्टर हुन् ।