सुनेपछि देशकाे खबर
बरु उत्तै फुलाउँछु ठानेर सपनाकाे अम्लारी
रित्तै फर्की अाएँ कान्छा
रित्तै फर्की अाएँ
तल्सिङकाे
अधिया खेतमा पाकिरहेकाे दु:खकाे अंश
सालघारीकाे उदास बयेलीजस्ताे
अाफ्नाे मान्छेले गाउने विरही सुस्केरा
लेखेर कहिल्यै नसकिने
समयकाे हाँगामा अल्झिएकाे जीवनकाे गीत
खै के के, के के सम्झेर
सुनेपछि देशकाे खबर
बरु उत्तै फुलाउँछु ठानेर सपनाकाे अम्लारी
रित्तै फर्की अाएँ कान्छा
रित्तै फर्की अाएँ ।
दाैलत भनेकाे त
नुहेकाे बाँसकाे पातमा अडिएकाे
शीतकाे थाेपा मात्रै पाे सम्झिएँ कि
वा फेरि पल्टाएर हेरेँ
छाेराले लेखिपठाएकाे गुनासाेकाे फेहरिस्त
टाेखा पाखाकाे भाेर्लाकाे झाङजस्तै झाँगिएकाे
माइतीकाे मायाले जीवनभर
बुढीकन्या माइतै बसेकी चेलीकाे पीर सम्झिएँ कि
खै के सम्झिएँ
सुनेपछि देशकाे खबर
बरु उत्तै फुलाउँछु ठानेर सपनाकाे अम्लारी
रित्तै फर्की अाएँ कान्छा
रित्तै फर्की अाएँ ।
लेखक परिचय
चाैबिसे गाउँ पालिका-३,धनकुटाका उत्तम लिम्बू समकालीन युवा पुस्ता कविहरूमा निकै सशक्त र सम्भावना बोकेका कविको रुपमा कहलिन्छन् । कवि उत्तम विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कविता प्रतियोगिताहरूमा प्रथम र पुरस्कृत भइसकेका छन् । क्यालिग्राफी (कविता सङ्ग्रह) उत्तमको प्रकाशित कृति हो ।