सानैदेखी सुन्दै आएको कुरा, ‘धूम्रपान स्वास्थ्यको लागी हानिकारक छ’
तर आज त्यही धूवाँबिना बाँच्न गाह्रो हुन्छ।
लाग्छ एक सर्को तानु त यो संसारलाई जित्ने आँट आउँछ।
लाग्छ अर्को सर्कोमा मेरा सारा दुःख हराएर जान्छ।
एक-दुई सर्को अझै तान्दा के नै बिग्रने हो र?
हेर्दाहेर्दै धूवाँमै बित्यो जीवन
किताबका पानाले त के सिकायो होला
जति यो धूवाँबिच बसेर सिके ?
कहिले सुखका क्षण यही धुवाँको साथ मनलाई शीतल बनाउन सम्झेँ।
कहिले त्यो कहाली लाग्दा दिन बिर्सन ।
हुँदाहुँदा आज त यो धूवाँ छैन भने सास नै फेरेजस्तो लाग्दैन ।
चाँडै अस्तित्व रहन्न रे यो संसारमा यदि यो धूवाँलाई म नत्याँगु
सगलो जिउ धूवाँमै परिवर्तन भै जान्छ अरे
तर जहाँ अस्तित्वनै धूवाँमै मिसेको छ,
त्यहाँ त्यागको परिभाषा के ?
लेखक परिचय
पेशाले कंटेंट राइटिंग गर्ने प्रिया सुनुवार आफ्नो अन्तरमनको आवाजहरू अभिव्यक्त गर्न कविता लेख्ने गर्छिन् ।