उपद्दर त सदाइ हुन्थ्यो यिसो काइन देखे
न इजाका न बुवाका के भयो हो ला लेखे ?
तमोर तरि गया सहिद जनयुद्ध भणी
क्या चानी फुटि हो भन्छै मेरा भाय मणि ?
रन बन डुलन लाग्यो फुल खोजनाकी मौरी
न याइतिरा नै उइतिरा क्या भयो ला गौरी ?
मैले त जानाइ भन्थ्या हत्तेरिका ओपे
तुइ चुतिया लाग्दा होला यिसो भया टोपे
सुप्रीमोको दाइने हात थ्य क्या लागी हो चानी
हाम पाचै बौलाहा भया भै गै लाउ नखानी ।
लेखक परिचय
रियल तेज नेपाली साहित्यको युवा पुस्ताहरूमा खरो रुपमा उत्रिएको नाम हो । उनी विशेषगरी कविता विद्यामा कलम चलाउँने गर्दछन् । पुटकर रुपमा उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।