१
अावाज
आवाजविहिन आवाज आएर ठोकियो
दिलको कुनामा र एक्कासी बज्याे घण्टी
अाखिर बहाना न चाहिँदाे रहेछ !
मनमा भुईँचालाे जान ।
न सम्झाउन सकिने न बिर्सन सकिने
हामी यस्तो पात्र बनिरह्याैँ
जीवनरुपि उपन्यासको
जसकाे कुनै भूमिका छैन् पुस्तकभरि
तर पाठकलाई प्रभाव पारिरहन्छ हरदम ।
२
झरि
ए झरि ! दिनैभरि
दर्किरहोस् र ताजा गरिरहाेस् तिम्रा यादहरू ।
बनाइरहोस् सितल र मुलायम हजुरले जस्तै
कहिलेकाहि अझै डर पाे लाग्छ, ऐठन पर्छ ।
कतै यो छानो ओत बन्न नसकेर
काल बनिदिन्छ कि ?
ननिदाएरै पर्खिन्छु पहिले पानी जाओस् / तिम्राे यादकाे वर्षा हाेअाेस्
अनि निद्रा आओस् र सपनामा तिमी ।
आमाका हात निलै भैसके
भुईँको पानी बाटामा भर्दाभर्दा
मलाई पनि थकाई लागिसक्यो भाँडो सार्दासार्दा
तिम्राे याद अाेसार्दाअाेसार्दा ।
ए झरी
अब त नपरे नि हुन्न र ?
खेत भरिसक्यो / रोप्न सकिन्छ
बाढि आए त के खाई बसुँला
यही एक टुक्रा खेत छ र बाँकी तिम्राे सम्झना ।
लेखक परिचय
आधिखोला, स्याङ्जाकी मनिषा पौडेल विद्यार्थी हुन् ।