ए सिकन्दर
मलाई चिन्यौ?
म त्यही योद्धा हुँ
जसले पटकपटक युद्धमा तिमीलाई
असफल बनाई रह्यो।
म त्यही योद्धा हुँ
जसलाई तिमीले हतियार नल्याउने सर्त राख्यौ
र
तिमी आफैँले बालुवामा हतियार लुकाएर
मलाई मार्यौ।
ए सिकन्दर मलाई चिन्यौ?
अझै चिनेनौ भने
चैनपुर जाऊ
र त्यहाँको माटोलाई सोध
यो फर्कि आएको साम कस्को हो भनेर?
सोझो मान्छे थिँए
युद्ध चाहन्न थिँए
तर तिमीले युद्ध चाहिरह्यौ।
तागेरा निङ्वाभुमाङसँग बल मागेर
युद्ध मैदानमा उत्रिएँ
युद्ध लडेँ
पटकपटक जिती रहेँ
तिमी पटक पटक हारिरह्यौ।
मैले झेल गर्न जानिन
कायर हुन जानिन
त्यसैले तिमीले मेरो आँखामा
आत्मियताको धुलो हाल्दियौ र मलाई मार्यौ।
मलाई मारे पनि
तिमीले मेरो मुन्धुम पल्टाएर
मलाई बिदा गर्नुपर्थ्यो,
म चुपचाप निङ्वाभुमाङको समीप जान्थे।
तर तिमीले मेरो मुन्धुमलाई
सुकेको पात जति पनि नमानी जलाई दिएपछि
मेरो साम भड्कियो।
तर पनि म चुपचाप नैँ थिएँ।
तिमीले
ढाल्न खोजेको हाम्रो चोत्लुङ
फेडाङ्मा, येबा र सेवासावाहरुले माँगेना गरेर उठाई रहे।
तिमीले त्यो पनि देखि सहेनौँ।
राज्य खोस्यौ
सँहे।
माटो खोस्यौ
सहेँ।
किपट खोस्यौ
सँहे।
तरेबा तरेमाले गाउँने पालाम ख्याली खोस्यौ
सहेँ।
याक्थुङ सक्सक् खोस्यौ
सहेँ।
याक्थुङ पान खोस्यौ
सहेँ।
च्याब्रुङ खोस्यौ
सहेँ।
सहि रहेँ।
सहि रहेँ कै थिए।
ए सिकन्दर,
लेखक परिचय
मोरङ जिल्लामा जन्मनु भएका प्रदिप योङ्हाङ लिम्बु समकालीन नेपाली साहित्यका एक सशक्त कविको रुपमा चिनिनु हुन्छ। हाल बि. एड. दोस्रो बर्षमा अध्ययनरत योङ्हाङको संयुक्त कृति उज्यालोका मालिहरु, २०७६ प्रकाशित भइसकेको छ भने फुट्कर कविताहरु विभिन्न पत्रपत्रिकाहरु मार्फत प्रकाशित भएका छन् ।