तिम्रो बूढा मेरो घर आउँदै थिए । मैले झट्पट तिमीलाई
थाहा दिएँ ।
तिमीले भन्यौ – “मैले दिएका सम्पूर्ण उपहारहरू लुकाउ ।”
मैले तिमीलाई अप्ठ्यारोमा पार्नु थिएन । तसर्थ, याद
बल्झाइरहने फोटो फ्रेम हटाएँ ।
टेबुलमा पल्टिरहेका प्रेमील कविताहरू लुकाएँ। सम्झना
टिप्ने डायरी र पेन पन्छाएँ।
भित्तेपात्रो तिमीले नै दिएकी थियौ,
फ्रिजभित्रको क्याटबरी तिमीले नै थमाएकी थियौ।
मोबाइलको चार्जर तिमीले किनिदिएकी थियौ -सबै लुकाएँ।
केही क्षणपछि तिम्रो बूढा टुप्लुक्क मेरो घर आइपुगे ।
हामी गफियौँ । पियौँ । रमायौँ । ३ घण्टापछि उनी फर्किए ।
तिम्रो बूढा फर्किसकेपछि मैले आफूलाई ऐनामा हेरेँ।
तिमीले दिएको प्रेम त मेरो अनुहारमा झुण्डिरहेको थियो ।
त्यो त लुकाउनै बिर्सेछु -धत् !!!
लेखक परिचय
लघुकथा लेखनको क्षेत्रमा चर्चित नाम हो दिपक लोहनी । उनका सिर्जनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनी सामाजिक संञ्जालमा पनि अधिक रुचाईएका लेखकको रुपमा चिनिने गर्दछन् ।