विजय कुमारको सम्बन्धहरू
‘खुसी’ पढेका पाठकहरूलाई ‘सम्बन्धहरू’ले खुसी नदिन सक्छ । किनभने विजय कुमारको पहिलो सन्तान खुसीको अनुहार सम्बन्धहरूसँग हुबहु मिल्दैन । ‘खुसी’ पढ्दा जुन खुसी मिल्यो त्यही खुसी कायम नहोला । तर ‘सम्बन्धहरू’ले पाठकसँग अनौठो सम्बन्ध गाँसेर जान्छ, यति चाहीँ पक्का हो ।
एक पटक भारतीय सिनेमा ‘दंगल’ हेर्न साथीहरूसँग हलमा पुगेँ । ‘थ्री इडियट’बाट अमीर खान प्राय हामीका मनमा छन् । हामी दंगल हेरिरहेका थियौँ । तर, खोजिरहेका थियौँ ‘थ्रि इडियट’का अमिर खान । सिनेमा सकियो, हामीलाई खास लागेन । पछि जब फिल्म रिभ्यु आउन थाले, हामीलाई फिल्म ‘मिस’ गरेको अनुभव भयो । र, दोस्रो पटक सबैले फरक आँखाले दंगल हेर्यौँ। फेरी पनि ‘थ्रि इडियट’ विषेश नै रह्यो, दंगल खास लाग्यो । मैले सुरू यहीँबाट गरेँ, जबसम्म अमिर खानलाई ‘थ्रि इडियट’ बाट मुक्त गरेनौँ हामीलाई दंगल खास लागेन । जबसम्म ‘खुसी’बाट बाहिर निस्कदैनौँ र सम्बन्धहरूमा खुसी खोज्छौँ, सम्बन्धहरू खास लाग्दैन । तर जब सम्बन्धहरूमा भिन्नै सम्बन्ध खोज्छौँ, ‘सम्बन्धहरू’ पनि खास लाग्नेछ ।
‘खुसी’ र ‘सम्बन्धहरू’ अलग–अलग टाकुराहरू हुन् । उचाई र विषेशता अलग–अलग छ । ‘खुसी’ चढिसकेपछि ‘सम्बन्धहरू’ चढ्दा कहिले ‘खुसी’ सगरमाथा लाग्छ, कहिले ‘सम्बन्धहरू’ सगरमाथा लाग्छ । लाग्छ जरूर । विजय कुमारको सम्बन्धहरू
विचारमा शुत्र लाग्दैन । यदि लाग्थ्यो भने, सबै पाठकहरू एकै निष्कर्षमा पुग्थे । सबैको धारणा साझा हुन्थ्यो । ‘सम्बन्धहरू’ले मलाई जुन खुसी दियो त्यो तपाईंमा पनि लागु हुन्थ्यो । तर यथार्थमा त्यस्तो हुँदैन । तातो तातै हो, क्षमता अनुसार कसैले धेरै सहन सक्छ, कसैले थोरै सहला । तर, पोल्छ जरूर । म नितान्त मेरो अनुभव लेख्दैछु । यी मलाई पोलेका कुरा हुन्, मलाई लागेका कुरा हुन् ।
त्यसो त विजय कुमार ‘ब्राण्ड’ हुन् पहिला । गहकिला, गरूङ्गा र ओझिला टेलिभिजन कार्यक्रमको ब्राण्ड । एक्लो ब्राण्ड भने पनि हुन्छ । हलुका शब्दमा गहकिला विचार दिन सक्ने ब्राण्ड । उहाँका फ्यानकालागि त्यही ‘ब्राण्डमार्क’मा फरक ‘प्रोडक्ट’ हो किताव लेखन । र त विजय कुमारलाई पढ्दाखेरी नजानिदो ब्राण्डले स्पर्स गरिराखेको हुन्छ । शब्द शब्द उति नै मिठा र प्रिय लाग्छन्, जति मिठो उहाँ टेलिभिजनमा बोल्नुहुन्छ ।
मैले धेरै पटक विजय कुमारको किताब पढ्दा कर्ण शाक्य, बुद्दिसागर, अमर न्यौपाने वा अरू लेखकका किताब पढेजसरी पढ्ने कोसिस गरेँ । सकिनँ, अहँ सक्दै सकिन ।
‘नाम नै काफि छ’ । उहाँका कुनै पनि किताव, विचार हामी यसै उठाउँदैनौँ । मनोरञ्जन मात्रका लागि पढिने च्याउ सरीका बजारे उपन्यास होइनन् उहाँका किताब । एकपटक, दुईपटक र पटकपटक संधै नयाँ लाग्छ । संधै प्रिय लाग्छ । कहिँ न कहिँ नयाँ कुरा हुन्छ । भोगाई, विचारलाई गज्जवको सृङ्गार र महगोँ लुगा लगाएपछि हाम्रो हातमा आइपुग्छ किताव । मैले यसलाई यहाँभन्दा धेरै लेखेँ भने ‘सम्बन्धहरू’मा ‘ट्विटर’ चलाउन सिकाए जस्तो हुन्छ ।
अब लागौँ ‘सम्बन्धहरू’भित्र !
हामीले आशा गरे अनुरूप ‘सम्बन्धहरू’ ओझिला शब्दहरूको संग्रह मात्र होइन । यसमा कमजोर लाग्ने शब्दहरू पनि छन् । नभनेको भए हुने अथवा नलेखेको भए हुने लाग्दालाग्दै प्रिय लाग्ने थुप्रै कमजोर पुलेसाहरू छन् । कहीँ बाटो भत्किएको छ, कहीँ हिलो छ । अन्त्यमा गन्तब्य पु¥याएरै छाड्छ ‘सम्बन्धहरू’ले । फड्के नभएको ठाउँमा बाँसको सानो टेको लगाएर जोखिम यात्रा पार गरेपछि जस्तो लाग्छ, कति पाना पल्टाउँदा त्यही महसुस हुन्छ । विजय कुमारको सम्बन्धहरू विजय कुमारको सम्बन्धहरू विजय कुमारको सम्बन्धहरू
मलाई पढ्न आनन्द लाग्छ, ओझदार विचारको त संधै दिवाना नै हुँ भने पनि हुन्छ । भन्नेहरूले खुसी जत्तिको छैन सम्बन्धहरू भनिदिए । मलाई प्रिय लाग्ने विजयकुमारको कद किन घटाउनु लाग्यो, यसकारण म ढिलो भएँ, सम्बन्धहरूको यात्रामा निस्कन । पहिलो पल्ट पढ्दा त लाग्यो पनि फिक्का । तर, यथार्थमा त्यो फिका थिएन । बिना तयारी दिएको परिक्षा जस्तो भयो मेरो पहिलो पढाई । जब किताब दोहोरियो, तेहेरियो तब विजयकुमार प्रिय नै रहिरहे ।
म जे होइन भन्न खोजिन्छ ‘सम्बन्धहरू’मा कथा त्यसैका वरिपरी घुम्छ । म आशक्त छैन भन्न उनी आशक्त छन् । मलाई रक्सी लाग्दैन भन्ने देखाउन रक्सी नै खान जरूरी छ र ?
वैराग्य जीवन
एक पाटोबाट हेर्दा ‘सम्बन्धहरू’ विजय कुमारको आत्माशान्तिका लागि लेखिएको किताव हो । झलक्क हेर्दा वैराग्य लागेको जीवन, बेचैन र अशान्तिको भागदौड जस्तो देखिन्छ । लेखकसँगै पाठकले पनि शान्तिको बुटि धारण गर्न दौडिनु पर्छ । सम्बन्धहरूमा विजय कुमार प्रिय लाग्नेका लागि प्रिय छन्, तर बेचैन । सान–सौरत, मान–मर्दन छाडेर आत्मा शान्तिका लागि फर्पिङसम्म उनीसँगै डुल्नुपर्छ किताबमा । बाटोमा भेटिएका प्रिय र अप्रिय क्षण साथी हुनेछन् ।
विजय कुमारलाई मन पर्ने पात्रका नाम र स्मरण यो किताबमा पनि छुटेको छैन । घुमाई फिराई सबैलाई समावेस गरेका छन् । कतिपय शब्द र वाक्यले यति छुन्छ, एकैछिनका लागि पाठक पनि विजय कुमार बन्छन् । तपाई विजय कुमार मन पाउनु हुन्छ भने ‘सम्बन्धहरू’ले विजय कुमार जति तपाईंलाई निरास बनाउँदैन ।
‘सम्बन्धहरू’मा महिलासँगको सम्बन्ध
‘खुसी’मा भेटिएका केही महिला मित्रहरू घुमिफिरी ‘सम्बन्धहरू’मा सम्बन्ध जोड्न आइपुगे । विदेशी महिलाहरूसँग सम्बन्ध छ, किताब यहीबाट सुरू हुन्छ । नेपालका लागि सिद्दहस्त तथा कुशल पत्रकार विजय कुमार सुम्निमा उचाल्न पुग्छन् । अलि धेरै सुम्निमालार्ई उचालेपछि त्यसको छाँयाले विजय कुमार छेलिए झैँ लाग्छ ।
सुम्निमासँगै नतालिया, योगीनी लगायत महिलाहरू मिलेर ‘सम्बन्धहरू’को चक्कर लगाए । म भने सम्बन्धहरूमा विजयकुमार पछ्याइरहेँ ।
‘महिला प्रति आसक्त छैन’ भन्न विजय कुमार आशक्त छन् । महिलाहरूसँगको सम्बन्धको गल्ली खुसीमा नहिडाएका होइनन् । तर, उनले कमाएको ख्यातिका ‘विट’ र ‘अफविट’ कुराकानीले सुन्दरी ओझेलमा पार्यो । खुसीमा उल्लासपुर्वक गरिएको सुराका कुराले सुन्दरी छेलिए । सम्बन्धहरूमा आइपुग्दा सुरा पातलियो, सुन्दरी देखिए । सुरा र सुन्दरी मध्ये एक हटाउने हो भने न त खुसी प्रिय लाग्छ, न सम्बन्धहरू पूर्ण ।
मिडियाको परिभाषा
‘वैश्ययुगमा चप्पल कारखाना चलाउनु र मिडियाबीच खासै फरक रहँदैन । मिडिया उद्योग पनि एउटा कारखाना हो, जसले सही वा गलत सूचना उत्पादन गर्छ र बेच्न खोज्छ ।’ सायद यो परिभाषा पूर्ण छ, नेपालको परिवेशमा । थुप्रै सन्दर्भ जोडेर विजयकुमारले यसलाई सार्थक बनाएका छन् ।
विजय कुमारले समाचार उत्पादन गर्ने कारखानामा कपाल पकाए । उहाँका विचारमा मिडियाका साहु र तिनले नियुक्त गर्ने सम्पादकहरू सत्यवादी हरिश्चन्द्रका सन्तान होइनन् । जुन धरातलमा विजयकुमार चम्किए, त्यही धरातल व्याख्या गर्न उनी कसरी कमजोर होलान् । जसले जानेर पनि भनिहाल्न आँट गरेनन्, उनीहरूलाई पनि मिडियाबारे विजयकुमारको धारणा सायदै मन नपर्ला ।
मरूभूमिका नाममा
कम स्पर्श गर्ला विषयले तर यतिवेलाको जटिल विषय हो यो । एक हिसाबले विजय कुमारले मौन स्विकृति दिएका छन्, वैदेशीक रोजगारलाई । फर्पिङमा भेटिएका आकाश र उनको अबस्था भएका युवाहरूका लागि नेपाल सानो गमला हो । देशमा युवाहरूको सपना फुल्छ तर बाला लाग्दैन । बाहिरी आँखाले देखिएको हरियाली पूर्ण होइन । मलाई भने यो विषयले छोयो ।
नेपालमा निकै गतिलो अबस्था भएकाहरू त विदेश जान खोज्छन् ! आकाशको अबस्थाका युवाहरूको त के कुरा ।
अन्त्यमाः
जसरी वियकुमार खुसी हुनका लागि सम्बन्धहरू लेखे, मैले यो आलेख त्यसैगरी तयार गरेँ । सम्बन्धहरूले मलाई जति छोयो त्यती नै लेख्न खोजेँ, यो मात्र मेरो निजी विचार हो । तर, बुझ्नु पर्ने कुरा यति मात्र होइन । एउटै विषयले सबै मानिसलाई बराबर असर गर्दैन । उदाहरणका लागि हामी न्युटनलाई लिन सक्छौँ । उनका जिवनमा खसेको स्याउ र हाम्रो जिवनमा संधै खस्ने स्याउ एकै हो । फरक हामीले त्यसलाई कसरी लिन्छौँ भन्ने कुरा मात्र प्रधान हो ।
खै किन हो विजयकुमार थोरै कुरा गर्छन् । उनलाई पढ्दा यस्तो लाग्छ, उनीसँग भन्नु पर्ने कुरा खासै धेरै छैनन् । तर, जति कुरा भन्छन् एकदम महत्वपूर्ण कुरा भन्छन् ।
यसपटक पनि विजयकुमार खास रहे । उनको जिवनको महत्वपूर्ण दस्तावेज हुने भयो, ‘सम्बन्धहरू’ । र, हाम्रो जिवनमा तालमेल नमिलेका सम्बन्धहरूलाई संधै घचघच्याईरहने भयो, सम्बन्धहरूले । कमजोर पुलेसाहरूबाट सुन्दर गन्तब्यको यात्रा भयो सम्बन्धहरू । तपाईं पनि हिड्नोस्, खुब आनन्द लाग्नेछ ।
विजय कुमारको सम्बन्धहरू विजय कुमारको सम्बन्धहरू विजय कुमारको सम्बन्धहरू
लेखक परिचय
युवा पुस्तामा प्रभावशाली लेखकको रूपमा उभिने एउटा गतिलो नाम हो मिलन आचार्य । विशेष गरी कविता र गजल लेखन तथा प्रस्तुतीकरणमा सशक्त आचार्य समालोचनामा पनि उत्तिकै दख्खल राख्छन् ।
राम्रो समीक्षा मित्र ।