बोजुको ताजमहल
फुल छैन,फुलबारी छ। केटाकेटी छैनन् खेल्ने आगन छ। घर,मतान खालि छ। ढीकीसार छ धान छैन। जाँतो छ, न कोदो न मकै। ढकेबारी, सालघरी,टारबारी सोति खेत,धिर्जे खेत,जामुने खेत सबै बाझो छ। छोराहरु पढे-बढे,ठुलो भए र छुट्टीए। नातिहरु पखेटै नपलाई देश प्रदेश। “रेलै घण्टाउके मैले दिएको बाँडी खान्छौके।” गीत गाउँदै आउँथी टंकेनी बुडी,मरेर गई। ए दु:खै लुकाई। कुमारेको आमा झापा झरीन सोमेनी बोजु बसाईसरीन। “ए! एचएमटी घडी दमदिने, यो दु:खी ज्यानलाई संझिने”...