प्रिय तमोर,
आफ्ना ‘बा’ या आमा धेरै सुते पनि
निरन्तर तिमी बगिरहेको छौ
स्फूर्ति र खुशीका अनगिन्ती थोपा बोकेर
सके तिम्रै हर्ष देखेर त
प्रफुल्लित हुन सिक्छन् वरपरका फूलहरू,
तिम्रै हर्ष देखेर पल्लवित हुन सिक्छन् बोटहरू
हरियाली ल्याउन सिक्छन् लतावृक्षहरू
तिम्रै काखमा बसेर आनन्दले
नाचिरहेका छन् मछलीहरू
तिम्रो अटुट जाँगर देखेर
मनग्गे धान, मकै, नगदे बाली
फलाउँछन् वरिपरिका खेतबारीहरू
प्रिय तमोर,
तिमीले बेवकूफ पनि सज्जन बनायौ,
अरुकै लागि अधिक धन कमायौ
प्रिय तमोर,
आज म तिमीसँग अलिकति पदार्थ माग्छु ल ?
दुःखले मेरी प्रेमिकाको जीवन रेगिस्तान बनाई दियो
र त उनी आत्महत्या गर्न लाग्दै छिन्
प्रिय तमोर, तिम्रो एक थोपो खुसी मलाई देऊ न
म मेरी आत्मघात गर्न लागेकी प्रेमिकालाई लगेर दिन्छु,
हुन्छ कि हुँदैन ?
लेखक परिचय
कक्षा एघारमा अध्ययनरत सिटौला निकै सशक्त र प्रिय गजलकार मानिन्छन्।