इतिहासले भन्छ –
जब
सडकमै छाड्छ शासकले
सार्वभौम सपनाको गित,
बिचारको डायरी,
स्वाभिमानको झण्डा,
इतिहासको अनुहार,
संघर्षको थोत्रो कपडा र चप्पल!
तब जनताहरू
सडकमा निस्कन जरुरी हुन्छ।
लेखक परिचय
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।