कसरी उम्रन्थे होलान्
यो वालुवाको सहरमा
मेरा ती सपनाका बिजहरू
कसरी अघि बढ्लान्
यो मरुभूमिमा
मेरा यि गाँउको खुड्किला
चढ्ने पाउहरू
कसरी बुझाउला
पसिनाले मेरो
त्यो मुलको पानीले मेटाउने प्यास
कसरी पाउँछु र यो बिरानो
सहरमा
मेरा ती स्वदेशका साथहरू
लेखक परिचय
नव प्रतिभाको रुपमा उदाएका श्रेष्ठ कथा र कविता लेखनमा विशेष रुचि राख्छन्।