बताससङ्गै जब तिम्रो लहर आयो तहल्का भो,
मेरो मनमा पिरतिको रहर आयो तहल्का भो!
आमाको फरिया बेची एकाबिहानै समाचारमा,
श्रीमतिलाइ पोते किन्या खबर आयो तहल्का भो!
‘एक बिरामी एक कुरुवा’ अस्पतालको नियम कस्तो,
मर्दा चाहिँ मलाम’ सिङ्गो शहर आयो तहल्का भो!
यो दुनियाँ बनाउनेको अस्तित्व खोज्दै जादा,
आमाभन्दा अलि पछि ईश्वर आयो तहल्का भो।।
लेखक परिचय
राघव सरकार नेपाली सहित्य लेखनमा नव प्रतिभाको रूपमा उदाएका छन् । उनी विशेषगरी गजल विद्यामा कलम चलाउने गर्दछन् । पुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।